काठमाडौँ ।।
१२ वर्षको अन्तरालपछि नेपाल स्काउटको स्थानीय, प्रदेश र राष्ट्रिय परिषद्को निर्वाचन गर्ने तयारी भएको छ । बालबालिका तथा युवाहरुको अनौपचारिक शिक्षाका क्षेत्रमा कार्यरत स्काउटको स्थानीय परिषद्को निर्वाचन आगामी पुस २७ देखि २९ गतेसम्म तथा प्रदेश परिषद्हरु र राष्ट्रिय परिषद्को निर्वाचन आगामी माघ ६ गते सम्पन्न गर्ने मिति तोकिएको तदर्थ समितिका संयोजक एवं प्रमुख आयुक्त लोकबहादुर भण्डारीले जानकारी दिए ।