July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
ग्लोरी टिन एण्ड किडस ट्यालेण्टसको  प्रथम अडिसन श्राव​ण​ १९ मा हुने मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली

श्री केश तेल गुणस्तरीय रहेको उत्पादन कम्पनीको दावी

  • साझा परिवेश
  • सोमवार, जेष्ठ २८, २०८१ १८:२७
श्री केश तेल गुणस्तरीय रहेको उत्पादन कम्पनीको दावी

२८ जेठ , काठमाडौं । कपालमा लगाउने ‘श्री केश’ ब्राण्ड तेलको उत्पादक कम्पनी सप्तऋषि आयल एण्ड कस्मेटिक प्रालिले आफ्नो उत्पादन गुणस्तरीय रहेको दाबी गरेको छ ।

श्री केश तेलका बारेमा सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आएका छन् । कम्पनीले दाबी गरेअनुसारको गुणस्तर नभएको भन्दै प्रश्न उठ्ने क्रम बढेपछि कम्पनीले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रष्टीकरण दिएको हो ।

कम्पनीका प्रबन्ध निर्देशक टीकाराम बुढाथोकीले श्री केश हेयर आयलमा प्रयोग गरिएका कच्चा पदार्थ तेल र जडीबुटीहरू कपालको सुरक्षा, पोषण, उपचारमा सहयोगी, गुणस्तरीय र उपयोगी रहेको बताए ।

उत्पादनको प्रक्रियाबारे जानकारी दिन श्रव्यदृश्य रिपोर्ट सञ्चारकर्मीलाई देखाएको कम्पनीले कार्यक्रममा ३२ प्रकारका जडीबुटी संकलन, प्रशोधन र प्याकेजिङबारे प्रष्ट्याएको छ ।

‘जडीबुटीको खेती, कच्चा पदार्थ स्वदेशमै उत्पादन गर्दै देशको प्रमुख आयस्रोतको रूपमा रहेको जडीबुटीको क्षेत्रमा खोज, अध्ययन, अनुसन्धान एवं थप गुणस्तरीय वस्तुहरुको उत्पादन, स्वदेश एवं विदेशमा बिक्री वितरण गर्ने कम्पनीको भावी योजना छ,’ उनले भने, ‘जसबाट बेरोजगारी घटाइ गरिबी निवारण, पर्यावरण संरक्षण एवम् व्यापार घाटालाई कम गर्न समेत टेवा पुग्नेछ ।’

उच्च मूल्यका जडीबुटीको खेती, प्रशोधन निर्यात, एवम् हिमाली क्षेत्रका बहुगुणी जडीबुटीहरूको अनुसन्धान जस्ता कार्यक्रम सरकारले बजेटमा समावेश गरेकोमा उनले खुसी व्यक्त गरे ।

‘नेपाल सरकारबाट प्राप्त हुने सहुलियत कर्जा, अनुदान, प्राविधिक सहयोग, छुट एवं जडीबुटी खेती गर्ने आवश्यक जमिन प्राप्त हुनेछ भन्ने आशा लिएका छौं,’ उनले कम्पनीद्वारा जारी विज्ञप्ति वाचन गर्दै भने, ‘नेपाल सरकारबाट जडीबुटी खेतीको लागि आवश्यक जमिन प्राप्त भएमा छिट्टै तराई, पहाड र हिमाली क्षेत्रमा जडीबुटी खेती गर्ने कार्यक्रम कम्पनीको योजनामा रहेको जानकारी गराउँदछु ।’

कम्पनीले युवाको लगानीमा नेपाली जडीबुटी प्रयोग गरी तेल उत्पादन गरेर विश्वबजारमा नेपाली ब्राण्ड चिनाउने र कृषकलाई आत्मनिर्भर बनाएर रोजगारीको अवसर सिर्जना गरी व्यापार घाटा कम गर्ने काम गरिरहेको प्रबन्ध निर्देशक बुढाथोकीले बताए । कम्पनीले जडीबुटी संकलक, किसान, बिक्रेता, उद्योगका कामदार–कर्मचारी सबैलाई प्रत्यक्ष एवम् परोक्ष रोजगारी प्रदान गरिरहेको पनि उनले बताए ।

  • साझा परिवेश
  • सोमवार, जेष्ठ २८, २०८१ १८:२७

प्रतिक्रिया

नेपाल अपडेट