April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी

ग्राउन्ड ह्यान्डलिङ प्रतिस्पर्धाबाट

  • साझा परिवेश
  • बुधबार, मंसिर २०, २०८० 0८:५४
ग्राउन्ड ह्यान्डलिङ प्रतिस्पर्धाबाट

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खुला प्रतिस्पर्धाबाट भूमिस्त प्रबन्ध (ग्राउन्ड ह्यान्डलिङ) सेवाको जिम्मा दिन पाँच सदस्यीय समिति गठन गरेको छ ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले ग्राउन्ड ह्यान्डलिङको बोलपत्र प्रयोजनको तयारीका लागि प्राधिकरणका इलेक्ट्रोमेकानिकल विभाग प्रमुख सुनीलकुमार कुशवाहाको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरिएको बताए।

Laxmi sunrise bank
उनले भने, “प्राधिकरणले पहिलो पटक विश्वका ठुला एयरलाइन्सले समेत भाग लिन पाउने गरी खुला प्रतिस्पर्धाबाट ग्राउन्ड ह्यान्डलिङको जिम्मा दिने तयारी गरेको छ । ग्राउन्ड ह्यान्डलिङमा दिँदा प्राविधिक र आर्थिक ढाँचा कस्तो हुने भन्नेबारे समितिले अध्ययन गर्ने छ ।” समितिले खुला प्रतिस्पर्धाका माध्यमबाट ग्राउन्ड ह्यान्डलिङ सेवा उपलब्ध गराउन सेवा प्रदायक संस्थाको छनोट गर्ने प्रयोजनका लागि बोलपत्रसम्बन्धी कागजातसमेत तयार पार्ने उनले बताए ।

प्राधिकरणले विमानस्थल सेवा शुल्क, २०७८ नियम ५ (२) बमोजिम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ सेवा प्रतिस्पर्धामा छनोट गर्ने निर्णय गरेको उनले जानकारी दिए ।

विगत लामो समयदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङको काम गर्दै आएको निगमले व्यावसायिक उडानभन्दा ग्राउन्ड ह्यान्डलिङलाई मात्रै आम्दानीको मुख्य स्रोत बनाएपछि प्राधिकरणले प्रतिस्पर्धा गराउने निर्णय गरेको बताइएको छ । हाल निगमले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा समेत निगमले ग्राउन्ड ह्यान्डलिङको काम गर्दै आएको छ ।

निगम र प्राधिकरणबिच सन् २०२० को जनवरीमा भएको सहमतिअनुसार सन् २०२५ को जनवरी अन्त्यसम्म निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङको जिम्मा पाएको छ । हाललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हकमा उक्त निर्णय गरिएको र पोखरा तथा भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा भने हाललाई निगमले नै जिम्मेवारी दिइने प्राधिकरणले जनाएको छ ।

निगमले सन् २०१६ देखि आफ्नो सेवालाई अन्तर्रष्ट्रियस्तरको सेवामा मापन गर्दै आएको छ । निगमले भने अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) र अन्तर्राष्ट्रिय हवाई यातायात सङ्घ (आयटा) को मापदण्ड अनुसारको ग्राउन्ड ह्यान्डलिङ सेवा दिँदै आएको दाबी गर्दै आएको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

  • साझा परिवेश
  • बुधबार, मंसिर २०, २०८० 0८:५४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।