May 6, 2024 | सोमवार, बैशाख २४, २०८१
सुचनाहरु
भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ?

दुबईमा जम्मा भएर, मन्त्री भेटेर मात्रै जलवायु परिवर्तनको असर कम हुँदैन : उपसभामुख राना

  • साझा परिवेश
  • बुधबार, मंसिर २०, २०८० १२:0३
दुबईमा जम्मा भएर, मन्त्री भेटेर मात्रै जलवायु परिवर्तनको असर कम हुँदैन : उपसभामुख राना

काठमाण्डाै – उपसभामुख इन्दिरा रानाले दुबईमा जम्मा भएर मात्रै जलवायु परिवर्तनको असर कम नहुने टिप्पणी गर्नुभएकाे छ ।

मङ्गलवार काठमाण्डाैमा आयोजित एक कार्यक्रममा उपसभामुख रानाले दुबईमा जम्मा भएर, मन्त्रीहरूसँग भेट्दैमा जलवायु परिवर्तनकाे असर कम नहुने बताउनुभएकाे हाे । उहाँले जलवायु परिवर्तनको असर कम गर्नका लागि आफ्नै भान्सा र आफ्नै दिनचर्यालाई परिवर्तन गरेर अघि बढ्न आवश्यक भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘तपाईँहरू को–को गएर आउनुभयो कोप–२८ मा ? जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा धेरै जना जानुभएको छ । धेरै जना दुबईमा थुप्रिएर, मन्त्री भेटेर मात्रै जलवायु परिवर्तनकाे असर कम हुने होइन । हामीले भान्साबाट, आफ्नाे गतिविधिबाट जलवायु परिवर्तनकाे असर कम गर्न सक्छाैँ ।’

जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन कोप–२८ यही मङ्सिर १४ देखि २६ गतेसम्म यूएईकाे दुबईमा भएकाे थियाे । सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधमण्डलकाे नेतृत्व गर्दै प्रधानमन्त्री प्रचण्ड दुबई जानुभएकाे थियाे ।

  • साझा परिवेश
  • बुधबार, मंसिर २०, २०८० १२:0३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट