October 3, 2023 | मङ्लबार, अशोज १६, २०८०
सुचनाहरु
पश्चिम नेपालमा भूकम्पको धक्का महसुस नेपालगञ्जमा सामाजिक सद्भाव कायम राख्न राप्रपा सांसदकाे अपिल जनयुद्ध दिवसको बिदा फिर्ता नलिए त्यसबिरुद्द कदम चाल्ने ओलीको चेतावनी स्थानीय तहका कर्मचारीद्वारा आन्दोलन जारी फागुन १ को बिदा फिर्ता लिन प्रधानमन्त्रीलाई ओलीको अल्टिमेटम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सर्वाधिक संख्यामा उडान इन्जिनियरिङ स्नातक तहको शुल्क नबढाउने सहमति कोशी प्रदेशसभाको बैठक भोलि बस्ने विराटनगरमा ज्येष्ठ नागरिक, अपाङ्गता र सुत्केरीका लागि निःशुल्क एम्बुलेन्स सेवा सुरु प्रतिनिधि चयनको बिरोधमा एमाले पार्टी कार्यालयमा लगाइयो ताला अध्यक्ष प्रचण्डले पार्टीलाई गराए चीन भ्रमणको बिफ्रिङ कैद मिनाहा गर्ने राष्ट्रपतिको निर्णयबिरुद्द सर्वोच्चमा रिट यो वर्ष नेपालको आर्थिक वृद्धि ३ दशमलव ९ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण राष्ट्रपतिद्वारा भएको कैद मिनाहामाथि ओलीको प्रश्न स्वास्थ्यकर्मीको रक्षा गर्नुपर्छ, सम्झौता गरिएको २४ घण्टा नबित्दै आक्रमण हुनु दुःखद : महामन्त्री गगन आन्दोलनरत डाक्टरहरु नियमित काममा जान थाले नेपालगञ्जले धार्मिक सद्भाव गुमायो भन्दै सदनमा हल्ला चलेपछि….. बुद्धचित्तका माला व्यापारीको अपहरण आरोपमा दुईजना पक्राउ दोलखामा फेला परेको ११ किलो सुन प्रकरणमा थप ३ जना पक्राउ नेपालगञ्जमा अनिश्चितकालीन कर्फ्यु आदेश

धुलिखेल ११ का करिब ५ सय घरमा पानी सहितको धारा

  • साझा परिवेश
  • शनिबार, मंसिर २७, २०७७ १७:५४
धुलिखेल ११ का करिब ५ सय घरमा पानी सहितको धारा

काभ्रे : धुलिखेल नगरपालिकाको वडा नम्बर ११ ठाटीथोकमा एक घर, एक धारा कार्यक्रम सुरु भएको छ । सबै घरधुरीमा पानी सहितको धारा पुर्याउने उद्देश्यले ठाटीथोकमा लिफ्ट विधि मार्फत खानेपानी ल्याइएको छ ।

ठाटीमा रहेको एक विद्यालय सहित ४७ घरधुरीमा एक घर, एक धारा पुर्याइएको वडाध्यक्ष विष्णु धितालले जानकारी दिनुभयो । नगरपालिकाको २६ लाख लागतमा निर्माण सकिएको लिफ्ट खानेपानी आयोजनाको आज नगरप्रमुख अशोक ब्याञ्जुले उद्घाटन गर्नुभएको हो । यो सँगै वडा नम्बर ११ का ४८५ घरधुरीमा एक घर, एक धारा पुगेको छ ।

वडामा ८ सय ७३ घरधुरी रहेको छ । यो वर्ष ४ वटा खानेपानी आयोजना निर्माण भइरहेका छन् । वडाध्यक्ष धितालका अनुसार यो वर्ष वडाका ९५ प्रतिशत घरधुरीमा एक घर, एक धारा पुग्ने छ । बाँकी घर धुरीका लागि अर्को वर्ष पुर्याउने गरी काम भइरहेको छ । धुलिखेल नगरपालिकाले १२ वाटै वडामा एक घर, एक धारा पुर्याउन कामलाई तीब्रता दिइरहेको छ ।

  • साझा परिवेश
  • शनिबार, मंसिर २७, २०७७ १७:५४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट