April 30, 2024 | मङ्लबार, बैशाख १८, २०८१
सुचनाहरु
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख चोरी टी–२० विश्वकपका लागि भारतीय टोलीको घोषणा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले २०८४ को निर्वाचनमा भाग लिने शेयर बजार २६ अंकले वृद्धि कर्णाली सरकारले पायाे पूर्णता, नवनियुक्त ६ मन्त्रीले लिए शपथ काठमाडौंमा प्रदूषण बढ्यो : सकेसम्म घर बाहिर अनावश्यक ननिस्कन मन्त्रालयको आग्रह संविधानभन्दा माथि सर्वोच्च हुन सक्दैन, प्रेस स्वतन्त्रताको परिधिलाई कुनै आदेशले सीमित गर्न सक्दैन : पत्रकार महासंघ ‘मनसरा’ को पहिलो गीत ‘झ्यालको’ सार्वजनिक मुस्ताङमा विद्यार्थी बोकेको गाडी दुर्घटना हुँदा २१ जना घाइते पराजयपछि मिलनले भने- भ्रष्टाचार र बेथितिविरुद्ध निरन्तर घण्टी बजाइरहनेछाैँ तराई मधेशमा गर्मीसँगै तातो लहर अझै केही दिन बढ्ने सुनको मूल्य स्थिर स्टिङ अपरेशनको सत्य तथ्य जनता सामु ल्याउन जनार्दन शर्माको आग्रह उपनिर्वाचनः इलाम-२ मा १६ जना उम्मेदवारको जमानत जफत संसदीय समितिको बैठक बस्दै पतञ्जलिका १४ उत्पादनको लाइसेन्स खारेज कस्तो रहला आजको मौसम ? गण्डकी सरकार गठनविरुद्धको रिट खारेज रास्वपाका मिलन लिम्बुको १० प्रतिशत मत नपुगेपछि जमानत जफत इलाम–२ मा एमालेका सुहाङ नेम्वाङ निर्वाचित

नेपालका भूकम्पपीडितलाई भारतले चामल सहयोग गर्ने

  • साझा परिवेश
  • शुक्रबार, मंसिर २२, २०८० १४:२५
नेपालका भूकम्पपीडितलाई भारतले चामल सहयोग गर्ने
  • भारतले २० मेट्रिक टन चामल अनुदान दिने
  • राजपत्रमा एक सूचना जारी गर्दै घोषणा गर्यो 
  • सो चामल जोखिम न्यूनीकरण तथा व्यवस्थापनलाई उपलब्ध गराउने

काठकाडौं ।।

नेपालका भूकम्प प्रभावितका लागि भारतले २० मेट्रिक टन चामल अनुदान दिने भएको छ । बिहीबार भारतको वाणिज्य तथा उद्योग मन्त्रालय मातहतको वैदेशिक व्यापार महानिर्देशनालयले राजपत्रमा एक सूचना जारी गर्दै यस्तो घोषणा गरेको हो । जसअनुसार नेपालका भूकम्प प्रभावितका लागि अनुदान स्वरुप २० मेट्रिक टन गैरबासमती चामल उपलब्ध गराउने उल्लेख छ । सो चामल नेपालको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई उपलब्ध गराउने महानिर्देशनालयले जनाएको छ ।

भारतले नेपालसहित केही अफ्रिकी मुलुकलाई निर्यात प्रतिबन्धका बाबजुद चामल अनुदानको निर्णय गरेको हो । विश्व बजारमा सम्भावित खाद्य संकट र आफ्नो मुलुकमा हुन सक्ने चामलको मूल्यबृद्धिलाई मध्यनजर गर्दे गत असार (१४ जुलाई २०२३) मा बासमतीबाहेकको चामलको निर्यातमा रोक लगाएको थियो । सो प्रतिबन्धात्मक अवस्थाका बाबजुद नेपालालाई भने सो चामल निर्यातको अनुमति दिइएको वैदेशिक व्यापार महानिर्देशनालयद्वारा प्रकाशित राजपत्रमा उल्लेख छ ।

 

 

  • साझा परिवेश
  • शुक्रबार, मंसिर २२, २०८० १४:२५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट