काठमाडौं ।।
नेपाल धितोपत्र बोर्डले प्राथमिक सेयर (आईपीओ) मा हालको १० कित्ते नीति पुनरावलोकन गर्न समिति गठन गरेको छ ।बोर्ड सदस्य प्रविणकुमार झाको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेको हो । सदस्यमा बोर्ड सदस्य भोलानाथ ढुंगाना, कार्यकारी निर्देशक मुक्ति श्रेष्ठ र सहकार्यकारी निर्देशक अम्बिका गिरी छन् ।
समितिलाई समय भने तोकिएको छैन । पछिल्ला समय १० कित्ते नीतिले गर्दा पनि सेयर बजारमा प्रभाव पारेको बताउँदै आइरहेको छ । यसको विकल्पमा के गर्न सकिन्छ भनेर समितिले अध्ययन गरेर प्रतिवेदन पेस गर्नेछ । हाल आईपीओमा न्यूनतम १० कित्ता आवेदन दिन सक्ने व्यवस्था छ । यो नीतिले सेयरको पहुँच गाउँगाउँ पुगेको पनि कतिपयको भनाइ छ ।