sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

गोपाल किराँतीसहित १० जना प्रहरीको फन्दामा

  • साझा परिवेश
  • मङ्लबार, मंसिर २६, २०८० १३:५0
गोपाल किराँतीसहित १० जना प्रहरीको फन्दामा
  •  नेकपा एमालेको संकल्प यात्रा रोक्न खोजेकोमा १० जना पक्राउ 
  • आन्दोलनकारीलाई नियन्त्रणमा लिइयो 
  • पक्षधरले पहाडी जिल्लामा बन्द आह्वान गरे

विराटनगर ।।

नेकपा एमालेको संकल्प यात्रा रोक्न खोजेको आरोपमा १० जनालाई प्रहरीले पक्राउ गरेको छ । संकल्प यात्रालाई कोशी प्रदेशमा रोक्ने घोषणापछि सडकमा उत्रिएका पूर्व मन्त्री गोपाल किराँतीसहित १० जनालाई प्रहरीले पक्राउ गरेको हो ।

कोशी प्रदेशका डीआईजी राजेशनाथ बास्तोलाले बाटो अवरोध गर्न खोज्ने गोपाल किरातीसहित १० जना आन्दोलनकारीलाई नियन्त्रणमा लिएको बताए ।

‘बाटोमा रुख ढाल्ने, ढुंगा हान्ने जस्ता गतिविधि गरेर आतंक फैलाउने काम भएपछि यसको नेतृत्व गरेका किराँतीलाई नियन्त्रणमा लिएका हौं’, डीआईजी बाँस्तोलाले भने, ‘उहाँकै सुरक्षाका लागि पनि नियन्त्रणमा लिनुपर्ने भयो ।’

किराँतीलाई खोटाङको हलेसीबाट प्रहरीले पक्राउ गरेको हो । एमालेको मध्यपहाडी राजमार्ग केन्द्रीत संकल्प यात्रालाई रोक्न भन्दै पहिचान पक्षधरले पहाडी जिल्लामा बन्द आह्वान गरेका थिए ।

कोशी  प्रदेशको पुननामाङ्कनको माग गर्दै संघर्षमा उत्रिएको  प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिले संकल्प यात्रालाई प्रदेशमा प्रवेश गर्न नदिने घोषणा गरेको थियो । सोही घोषाण अनुसार पहाडी जिल्लामा बन्द आह्वान गरेको छ । आन्दोलनकारीले एमालेको यात्रा रोक्नका लागि मध्यपहाडी लोकमार्गको ठाउँ–ठाउँमा रूख ढालेर अवरोध गरेका छन् ।

बन्द भए पनि नेकपा एमालेको संकल्प यात्राको टोली उदयपुर आउनेक्रममा रहेको एमाले कोशी अध्यक्ष घनश्याम खतिवडाले बताए ।

मध्यपहाडी लोकमार्ग केन्द्रित झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राका एमाले अध्यक्ष केपी शर्मा ओलीसहित नेताहरू सहभागी छन् । प्रदेशको नाम नमान्ने घोषणा गरेको पहिचान पक्षधरले कोशीको पक्षमा बोल्ने एमाले नेतालाई निषेध गर्दे बताउँदै आएको छ ।

  • साझा परिवेश
  • मङ्लबार, मंसिर २६, २०८० १३:५0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid