May 6, 2024 | सोमवार, बैशाख २४, २०८१
सुचनाहरु
उपेन्द्र यादव पक्षको दाबी जसपा विभाजन भएको छैन सार्वजनिक बसमा प्रहरीको चेकजाँच, गाजाँसहित २ जना पक्राउ नेप्से परिसूचक १५.६२ अङ्कले घट्यो अब जोकोहीलाई विरामीको बहानामा हिरासतबाट अस्पताल नपठाउनु’ : गृह मन्त्रालय कतार एयरवेजको विमान उड्नेक्रममा धुँवा देखियो सवारी “लाइसेन्स” को समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन टी–२० विश्वकप : वेस्टइन्डिजमा हुने म्याचका लागि सुरक्षा खतरा आकलन स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ : राष्ट्रपति पौडेल सुन्दरहरैँचा उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन तथा सपथग्रहण कार्यक्रम सम्पन्न जनकपुरमा दिउँसै लुटियो सहकारीको ८० लाख अन्तरराष्ट्रिय शान्ती तथा मानवअधिकार संस्था युनिप नेपाल च्याप्टरको प्रथम भेला सम्पन्न काठमाडौँको शंखपार्कमा पुरुषको शव फेला सुनचाँदीको मूल्य बढ्यो नेपालीको औसत आयु ७१.३ बर्ष जसपा नेपाल फुट्यो ; राइको नेतृत्वमा नया पार्टी गठन प्रक्रिया सुरु कस्तो रहला आजको मौसम ; यी ठाउमा पानी पर्ने सम्भावना भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु

गोपाल किराँतीसहित १० जना प्रहरीको फन्दामा

  • साझा परिवेश
  • मङ्लबार, मंसिर २६, २०८० १३:५0
गोपाल किराँतीसहित १० जना प्रहरीको फन्दामा
  •  नेकपा एमालेको संकल्प यात्रा रोक्न खोजेकोमा १० जना पक्राउ 
  • आन्दोलनकारीलाई नियन्त्रणमा लिइयो 
  • पक्षधरले पहाडी जिल्लामा बन्द आह्वान गरे

विराटनगर ।।

नेकपा एमालेको संकल्प यात्रा रोक्न खोजेको आरोपमा १० जनालाई प्रहरीले पक्राउ गरेको छ । संकल्प यात्रालाई कोशी प्रदेशमा रोक्ने घोषणापछि सडकमा उत्रिएका पूर्व मन्त्री गोपाल किराँतीसहित १० जनालाई प्रहरीले पक्राउ गरेको हो ।

कोशी प्रदेशका डीआईजी राजेशनाथ बास्तोलाले बाटो अवरोध गर्न खोज्ने गोपाल किरातीसहित १० जना आन्दोलनकारीलाई नियन्त्रणमा लिएको बताए ।

‘बाटोमा रुख ढाल्ने, ढुंगा हान्ने जस्ता गतिविधि गरेर आतंक फैलाउने काम भएपछि यसको नेतृत्व गरेका किराँतीलाई नियन्त्रणमा लिएका हौं’, डीआईजी बाँस्तोलाले भने, ‘उहाँकै सुरक्षाका लागि पनि नियन्त्रणमा लिनुपर्ने भयो ।’

किराँतीलाई खोटाङको हलेसीबाट प्रहरीले पक्राउ गरेको हो । एमालेको मध्यपहाडी राजमार्ग केन्द्रीत संकल्प यात्रालाई रोक्न भन्दै पहिचान पक्षधरले पहाडी जिल्लामा बन्द आह्वान गरेका थिए ।

कोशी  प्रदेशको पुननामाङ्कनको माग गर्दै संघर्षमा उत्रिएको  प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिले संकल्प यात्रालाई प्रदेशमा प्रवेश गर्न नदिने घोषणा गरेको थियो । सोही घोषाण अनुसार पहाडी जिल्लामा बन्द आह्वान गरेको छ । आन्दोलनकारीले एमालेको यात्रा रोक्नका लागि मध्यपहाडी लोकमार्गको ठाउँ–ठाउँमा रूख ढालेर अवरोध गरेका छन् ।

बन्द भए पनि नेकपा एमालेको संकल्प यात्राको टोली उदयपुर आउनेक्रममा रहेको एमाले कोशी अध्यक्ष घनश्याम खतिवडाले बताए ।

मध्यपहाडी लोकमार्ग केन्द्रित झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राका एमाले अध्यक्ष केपी शर्मा ओलीसहित नेताहरू सहभागी छन् । प्रदेशको नाम नमान्ने घोषणा गरेको पहिचान पक्षधरले कोशीको पक्षमा बोल्ने एमाले नेतालाई निषेध गर्दे बताउँदै आएको छ ।

  • साझा परिवेश
  • मङ्लबार, मंसिर २६, २०८० १३:५0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट