April 2, 2025 | बुधबार, चैत्र २०, २०८१
सुचनाहरु
गुजरातको पटाका गोदाममा ठूलो विस्फोट हुदा १७ जनाको गयो ज्यान तीनकुने घटनामा संलग्न २४ जना पनि पक्राउ राजावादिको प्रदर्शनमा ज्यान गुमाएका सबिनको गरियो पोस्टमार्टम  भाटभटेनी लुट्न आउने प्रदर्शनकारीलाई प्रतिकार गर्ने सुरक्षागार्ड तथा अन्य कर्मचारीलाई सम्मान गरीदै जारी अधिवेशनको अन्तिम प्रतिनिधि सभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची किच्चकबधमा उत्खनन गर्दा भेटियो ‘दरबारको जग’ घट्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो? म्यान्मार गएको विनाशकारी भूकम्पमा २ हजार भन्दा बढीले गुमाइसके ज्यान त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघका जोशीले ८ मतले मारे बाजी साढे पाँच महिनापछी घण्टी बजाउँदै सभापतिको जिम्मेवारीमा फर्किए रबि लामीछाने प्रदर्शनमा जिउँदै जलाइएका संचारकर्मी सुरेशको परीवारले भेटे प्रधानमन्त्रिलाई प्रधानमन्त्रीले आज संसदमा बोल्दैछन् कुलमान घिसिङको बर्खास्तीबारे आज ईद: देशभर सार्वजनिक बिदा तीनकुनेमा तोडफोड र लुटपाट मच्चाउनेहरु नामावली यस्तो छ रोकीयो पाथीभरा क्षेत्रमा केबलकार बनाउने कार्य  रवि लामिछाने फर्कीदैछन् पार्टीको जिम्मेवारीम हिंसा मच्चाएर भागेका दुर्गा प्रसाईले ‘ज्यान जोगाउन मन्दिरमा बसेको छु’ भन्दै बनाए भिडीयो किन परिवर्तन् भयो पूर्व राजाको सुरक्षामा खटिएको सशस्त्र प्रहरीको टोली? अमेरिकाले निकालेका भुटानी शरणार्थी भागेर नेपाल आउदा पक्राउ परे तपाईको आजको दिन कस्तो रहला? हेर्नुहोस् आजको राशिफल

स्वास्थ्य बिमाले हटायो औषधि

  • साझा परिवेश
  • बिहिबार, मंसिर २८, २०८० १२:१६
स्वास्थ्य बिमाले हटायो औषधि
  • सरकारले स्वास्थ्य बिमा कार्यक्रममार्फत
  • औषधि ‘सुविधा थैली’बाट हटायो 
  • १०३ औषधि ‘सिफारिस नगरिएका औषधि’ को सूचीमा 

काठमाडौं ।।

सरकारले स्वास्थ्य बिमा कार्यक्रममार्फत प्रदान गर्दै आएको चार प्रकारका औषधि ‘सुविधा थैली’बाट हटाएको छ । एम्पिसिलनि/क्लोक्जासिलिन, सेफोपेराजोन/सल्बेक्टम, सेफोटेक्सिम/सल्बेक्टम र सेफोडक्सिम प्रोक्सिटिल एसिडलाई सुविधा थैलीबाट हटाइएको हो । यी चारवटै एन्टिबायोटिक औषधि हुन् ।

औषधि व्यवस्था विभागको ‘सिफारिस नगरिएका औषधि’को सूचीमा रहेकालाई प्रयोग नगर्ने निर्णयानुसार सुविधाबाट हटाइएको स्वास्थ्य बिमा बोर्डले जनाएको छ ।बोर्डले ती औषधि सिफारिस नगर्न पनि सबै सेवा प्रदायकमा अनुरोध गरेको छ । एन्टिबायोटिकको प्रयोग न्यूनीकरण गर्न विश्व स्वास्थ्य संगठनले सन् २०२१ मा १०३ औषधिलाई ‘सिफारिस नगरिएका औषधि’को सूचीमा राखेको छ ।

 

  • साझा परिवेश
  • बिहिबार, मंसिर २८, २०८० १२:१६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट