sweet bonanza
February 26, 2026 | बिहिबार, फाल्गुन १५, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

संघीय संसदलाई माग गरेजति नै बजेट दिनुपर्छः अध्यक्ष तिमिल्सिना

  • साझा परिवेश
  • बिहिबार, मंसिर २८, २०८० १५:५२
संघीय संसदलाई माग गरेजति नै बजेट दिनुपर्छः अध्यक्ष तिमिल्सिना

काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आगामी दिनमा संघीय संसदले माग गरे बमोजिमको बजेट विनियोजन हुनुपर्ने बताएका छन् ।

बिहीवार संघीय संसद सचिवालयद्वारा १७ औँ संघीय संसद सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले संघीय संसदले माग गरे बमाजिमको बजेट छुट्याउन सरकारको ध्यानाकर्षण गराए । उनले संघीय संसदले बजेट पास गर्ने भएपनि संसदमै बजेट कम भएर आवश्यक कार्यक्रमहरु गर्न नसकिएको भन्दै आवश्यक बजेट दिनुपर्ने बताए । उनले संघीय संसदको लागि योजना आयोग र अर्थ मन्त्रालयले कुनै एउटा मन्त्रालय, विभाग र शाखालाई जस्तो सिलिङ तोकेर बजेट नपठाउन आग्रह गरे ।

उनले भने, ‘संघीय संसदले बजेट पास गर्छ । यसो हेर्दाखेरी बजेट संघीय संसदले पास गर्छ । अनि संघीय संसदमै बजेट कम भएर सप्ताहव्यापी कार्यक्रम पनि खुम्च्याउनुपर्छ । अध्यक्षले पनि यो भन्छ, अझ बिडम्बना त यहाँ हुन्छ । त्यसकारण यसका प्रक्रियागत हिसावले जब हामी शक्ति पृथकिरणको सिद्धान्तलाई आत्मसात् गरेर नै यो संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान निर्माण गरेका छौँ । त्यसमा विधि निर्माण गर्ने, बजेट पास गर्ने यो थलोको बजेट कुनै एउटा मन्त्रालयले तोकेर विभाग र शाखाको जस्तो बनाउनु हुन्न भन्ने कुरालाई ध्यान त दिनुप¥यो नि । यस हिसाबले आजसम्म जे भयो, भयो भोलिका दिनहरुमा संघीय संसदको बजेट संघीय संसदबाट हामीले प्रक्रियाले व्यवस्थापन र सञ्चालन समितिमा बसेर विभिन्न हाम्रा शाखा, महाशाखाहरुको समस्यालाई हेरेर बजेट गरेर त्यो पनि अस्वभाविक होइन । देशको अर्थतन्त्र हेरेर । तर संसदको अधिवेशनहरु, यसका समितिहरुलाई त चलाउनुप¥यो नि । विधेयकहरुलाई पास गरेर कानुन निर्माण गर्नुप¥यो । त्यसको न्युनतम लाग्ने खर्चहरुको व्यवस्थापनका लागि जे हामी प्रश्ताव गरेका हुन्छौँ, त्यो प्रश्तावमा संघीय संसदको लागि योजना आयोग र अर्थ मन्त्रालयले कुनै एउटा मन्त्रालय, विभाग र शाखालाई जस्तो सिलिङ तोकेर पठाउने होइन । संघीय संसदले प्रस्ताव गरे अनुसारको पास गर्नुपर्छ । त्यति ग¥यो भने यि सबै समस्याहरु, धेरै गुनासाहरु सुन्नुपर्ने स्थितिमा हुँदैन ।’

अध्यक्ष तिमिल्सिनाले संघीय संसदले अस्वभाविक रुपमा बजेट माग नगरेको स्पष्ट पार्दै संसदको अधिवेशन र समितिहरु चलाउनका लागि भने आवश्यक बजेट नघटाइ दिनुपर्ने बताए ।

  • साझा परिवेश
  • बिहिबार, मंसिर २८, २०८० १५:५२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid