April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

हेटौँडा सिमेन्ट उद्योगको उपकरण बिग्रँदा उत्पादन बन्द

  • साझा परिवेश
  • बिहिबार, भदौ २८, २०८० १४:४६
हेटौँडा सिमेन्ट उद्योगको उपकरण बिग्रँदा उत्पादन बन्द

मकवानपुर, २८ भदौ ः हेटौँडा सिमेन्ट उद्योगको कोलमिलको उपकरण बिग्रिँदा सिमेन्टको उत्पादन आज बिहानदेखि बन्द भएको छ । उद्योगको आगो बाल्ने भट्टीमा जडान गरिएको कोलमिलको उपकरण बिगिँ्रदा सिमेन्ट उत्पादन गर्ने क्लिङ्करको उत्पादन अवरुद्ध भएको छ । आगामी ३–४ दिनभित्रै उक्त उपकरण मर्मत गरेर सिमेन्ट उत्पादन सुरु गर्ने तयारी भइरहेको हेटौँडा सिमेन्ट उद्योगका नायबमहापबन्धक नवीनकुमार कर्णले बताउनुभयो ।

उहाँले उद्योगमा अहिले पर्याप्त कोइला र चुनढ्ङ्गा जगेडामा राखिएको जानकारी दिनुभयो ।अहिले दैनिक १० हजार बोरा सिमेन्ट सो उद्योगले उत्पादन गर्दै आएको उद्योग व्यवस्थापनले जनाएको छ । उद्योगमा कोइलाको अभावले करिब दुई महिना बन्द गरेर दुई हप्ताअघि मात्रै पुनः सिमेन्ट उत्पादन सुरु गरिएकामा फेरि प्राविधिक समस्या आउँदा सिमेन्टको उत्पादन बन्द गर्नुपरेको उद्योग प्रशासन महाशाखाका अधिकृत शत्रु अर्यालले राससलाई जानकरी दिनुभयो ।

  • साझा परिवेश
  • बिहिबार, भदौ २८, २०८० १४:४६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।