sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

कमलमा छात्रामाथि निर्घात कुटपिटको घटना छानबिन गर्दै स्थानीय सरकार

  • साझा परिवेश
  • बिहिबार, चैत्र २२, २०८० 0७:४५
कमलमा छात्रामाथि निर्घात कुटपिटको घटना छानबिन गर्दै स्थानीय सरकार

झापाको कमल ५ साविक लखनपुरस्थित मंगलमय माविका प्रधानाध्यापक मोहनकुमार बगालेले एक जना छात्रामाथि गरेको निर्घात कुटपिटको घटनालाई लिएर चौतर्फी आलोचना भएपछि स्थानीय सरकारले कारवाहीको प्रतिबद्धतासहित तीन दिन भित्र घटनाको छानबिन गरी प्रतिवेदन बुझाउन छानबिन समिति बनाएको छ ।

गाउँपालिकास्तरीय शिक्षा समितिका अध्यक्ष समेत रहेका कमल गाउँपालिका अध्यक्ष हुकुमसिंह राईको अध्यक्षतामा आज बुधबार बसेको शिक्षा समितिको बैठकले कमल ५ का वडाध्यक्ष लालबहादुर विष्टको अध्यक्षतामा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो ।

बैठकपछि पालिका अध्यक्ष राईको हस्ताक्षरमा जारी प्रेस विज्ञप्तीमा बिद्यार्थीमाथी कुटपिटको घटनाबारे सत्य तथ्य छानबिन गरि आगामी २४ चैत भित्र प्रतिवेदन बुझाउन निर्देशन गरिएको उल्लेख छ ।
विज्ञप्तीमा छानबिनबाट दोषी देखिएमा कुटपिटमा संलग्न निज (प्रधानाध्यापक) माथि शिक्षा ऐन, नियमावली तथा प्रचलित कानुन अनुसारको कारवाही गर्न शिक्षा समिति प्रतिबद्ध रहेको पनि उल्लेख छ ।
सामाजिक सञ्जाल मार्फत बुधबार बिहान सो बिद्यालयको कक्षा ११ मा अध्ययनरत छात्रा निर्जला बाँस्कोटामाथि बगालेले फेसबुकमा गरेको कमेन्टलाई आधार बनाएर खुट्टामा निल डाम हुने गरी कुटपिट गरेको सार्वजनिक भएपछि चौतर्फी आलोचना भएको हो ।
कमल –५ राधाकृष्ण टोल घर भएका बाँस्कोटा परिवारले बगालेले कुटपिट गरेको आरोप लगाएका हुुन् ।

ति छात्राको दुवै खुट्टामा पानीको पाईपले हिर्काउँदा बसेको निलडाम प्रष्ट देखिएको छ । प्रधानाध्यापक बगालेले ती विद्यार्थीलाई कुटपिट गरि अव उप्राप्त यस्ता कार्य नगर्न सचेत गराउदै परिवारलाई लिखित कागजमा सहि छाप गराएर बिद्यार्थी अभिभावकको जिम्मा लगाएका थिए ।

नेपाल शिक्षक महासंघ कमल गाउँ समिति अध्यक्ष समेत रहेका प्रधानाध्यापक बगाले मंगलमय माविमा सञ्चालित एसईइ परीक्षा केन्द्रका केन्द्राध्यक्ष पनि हुन । सो बिद्यालय दमकमा नाम चलेका र पहुँचवाला बोर्डिङ स्कूलका बिद्यार्थीले परीक्षा दिँदै आएको परीक्षा केन्द्र पनि हो ।

कमल गाउँपालिकालाई बालमैत्री गाउँपालिका घोषणा गरिएको दुई महिना नबित्दै सो विद्यालयमा छात्रामाथि कुटपिटको घटना बाहिर आएको हो ।

घटनाका आरोपित प्रधानाध्यापक बगालेले घटनालाई सो ठाउँका एक व्यक्तिले सामाजिक सञ्जाल मार्फत उछाल्न खोजेको भन्दै पन्छिन खोजेका छन । प्रधानाध्यापक बगालेले आफूले बिद्यार्थी कुटेको नभई सचेत गराएको र बिद्यालयको नियमानुसार लिखित कागज गराई बिद्यालयबाट ति छात्रालाई सम्बन्धित अभिभावकको जिम्मा लगाइएको उल्लेख गरे ।

बगालेले यसअघि ति छात्रासँग कनेक्सन भएका अर्का एक बिद्यार्थी (छात्र)ले फेसबुकमा फेक आइडी बनाएर आफूले बोल्नै नहुने खालका अश्लिल शब्दहरु लेखेर कमेन्ट गरेको पनि जिकिर गरे । उनले सो घटनाका पछाडी कतिपय सार्वजनिक गर्न नमिल्ने खालका कारणहरु भएको पनि तर्क गरेका छन ।

  • साझा परिवेश
  • बिहिबार, चैत्र २२, २०८० 0७:४५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid