May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ

कमलमा छात्रामाथि निर्घात कुटपिटको घटना छानबिन गर्दै स्थानीय सरकार

  • साझा परिवेश
  • बिहिबार, चैत्र २२, २०८० 0७:४५
कमलमा छात्रामाथि निर्घात कुटपिटको घटना छानबिन गर्दै स्थानीय सरकार

झापाको कमल ५ साविक लखनपुरस्थित मंगलमय माविका प्रधानाध्यापक मोहनकुमार बगालेले एक जना छात्रामाथि गरेको निर्घात कुटपिटको घटनालाई लिएर चौतर्फी आलोचना भएपछि स्थानीय सरकारले कारवाहीको प्रतिबद्धतासहित तीन दिन भित्र घटनाको छानबिन गरी प्रतिवेदन बुझाउन छानबिन समिति बनाएको छ ।

गाउँपालिकास्तरीय शिक्षा समितिका अध्यक्ष समेत रहेका कमल गाउँपालिका अध्यक्ष हुकुमसिंह राईको अध्यक्षतामा आज बुधबार बसेको शिक्षा समितिको बैठकले कमल ५ का वडाध्यक्ष लालबहादुर विष्टको अध्यक्षतामा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो ।

बैठकपछि पालिका अध्यक्ष राईको हस्ताक्षरमा जारी प्रेस विज्ञप्तीमा बिद्यार्थीमाथी कुटपिटको घटनाबारे सत्य तथ्य छानबिन गरि आगामी २४ चैत भित्र प्रतिवेदन बुझाउन निर्देशन गरिएको उल्लेख छ ।
विज्ञप्तीमा छानबिनबाट दोषी देखिएमा कुटपिटमा संलग्न निज (प्रधानाध्यापक) माथि शिक्षा ऐन, नियमावली तथा प्रचलित कानुन अनुसारको कारवाही गर्न शिक्षा समिति प्रतिबद्ध रहेको पनि उल्लेख छ ।
सामाजिक सञ्जाल मार्फत बुधबार बिहान सो बिद्यालयको कक्षा ११ मा अध्ययनरत छात्रा निर्जला बाँस्कोटामाथि बगालेले फेसबुकमा गरेको कमेन्टलाई आधार बनाएर खुट्टामा निल डाम हुने गरी कुटपिट गरेको सार्वजनिक भएपछि चौतर्फी आलोचना भएको हो ।
कमल –५ राधाकृष्ण टोल घर भएका बाँस्कोटा परिवारले बगालेले कुटपिट गरेको आरोप लगाएका हुुन् ।

ति छात्राको दुवै खुट्टामा पानीको पाईपले हिर्काउँदा बसेको निलडाम प्रष्ट देखिएको छ । प्रधानाध्यापक बगालेले ती विद्यार्थीलाई कुटपिट गरि अव उप्राप्त यस्ता कार्य नगर्न सचेत गराउदै परिवारलाई लिखित कागजमा सहि छाप गराएर बिद्यार्थी अभिभावकको जिम्मा लगाएका थिए ।

नेपाल शिक्षक महासंघ कमल गाउँ समिति अध्यक्ष समेत रहेका प्रधानाध्यापक बगाले मंगलमय माविमा सञ्चालित एसईइ परीक्षा केन्द्रका केन्द्राध्यक्ष पनि हुन । सो बिद्यालय दमकमा नाम चलेका र पहुँचवाला बोर्डिङ स्कूलका बिद्यार्थीले परीक्षा दिँदै आएको परीक्षा केन्द्र पनि हो ।

कमल गाउँपालिकालाई बालमैत्री गाउँपालिका घोषणा गरिएको दुई महिना नबित्दै सो विद्यालयमा छात्रामाथि कुटपिटको घटना बाहिर आएको हो ।

घटनाका आरोपित प्रधानाध्यापक बगालेले घटनालाई सो ठाउँका एक व्यक्तिले सामाजिक सञ्जाल मार्फत उछाल्न खोजेको भन्दै पन्छिन खोजेका छन । प्रधानाध्यापक बगालेले आफूले बिद्यार्थी कुटेको नभई सचेत गराएको र बिद्यालयको नियमानुसार लिखित कागज गराई बिद्यालयबाट ति छात्रालाई सम्बन्धित अभिभावकको जिम्मा लगाइएको उल्लेख गरे ।

बगालेले यसअघि ति छात्रासँग कनेक्सन भएका अर्का एक बिद्यार्थी (छात्र)ले फेसबुकमा फेक आइडी बनाएर आफूले बोल्नै नहुने खालका अश्लिल शब्दहरु लेखेर कमेन्ट गरेको पनि जिकिर गरे । उनले सो घटनाका पछाडी कतिपय सार्वजनिक गर्न नमिल्ने खालका कारणहरु भएको पनि तर्क गरेका छन ।

  • साझा परिवेश
  • बिहिबार, चैत्र २२, २०८० 0७:४५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।