May 16, 2024 | बिहिबार, जेष्ठ ३, २०८१
सुचनाहरु
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची आज मदन-आश्रित स्मृति दिवस ४८ विश्व कवि मध्ये शिर्ष एघारमा पर्दै ओझाले जिते भानुसिंह साहित्य पुरस्कार सन्दीपलाई उच्च अदालत पाटनको सफाई, जिल्ला अदालतको फैसला उल्टियो ‘कांग्रेसले गिरीबन्धुको ७० बिगाहा जमिन बिक्री गर्न दियो’ : केपी ओली संसदको अवरोध हटाउन सत्ता गठबन्धनका शिर्ष नेताहरु छलफलमा एमाले संसदीय दलको बैठक जारी क्यानले तोक्यो ५ समितिका संयोजक र सदस्य प्रधानमन्त्रीले जेठ ६ गते प्रतिनिधि सभामा सांसदसँग प्रश्नोत्तर गर्ने बिहिबारदेखि काठमाडौंका यी क्षेत्रमा ६ घण्टा विद्युत अवरुद्ध हुने उपेन्द्र यादवले दायर गरेको रिट न्यायाधीश विनोद शर्माको इजलासमा निर्वाचन भएको दुई वर्षपछि पुनः मतगणना गर्न उच्च अदालत पोखराको आदेश सुनको मूल्य बढ्यो उपेन्द्र यादवले दायर गरेको रिट न्यायाधीश विनोद शर्माको इजलासमा सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै कस्तो छ आजको मौसम ? विनवार्ड्सविरूद्धको पहिलो अभ्यासमा नेपाल ४ विकेटले विजयी सदको अवरोध हटाउनेबारे प्रधानमन्त्री र सभामुखबीच छलफल नीति तथा कार्यक्रमः बैंक, वित्तीय संस्था र सहकारीका समस्या समाधान गरिने सर्वोच्च अदालतमा अब अनलाइनबाटै रिट दर्ता गर्न सकिने

नेतृत्वले निर्माण गरेको नीतिको बाटोमा हिँड्न संस्था र कर्मचारीहरूलाई मन्त्री किरातीको निर्देशन

  • साझा परिवेश
  • आइतवार, पुस १५, २०८० १५:५0
नेतृत्वले निर्माण गरेको नीतिको बाटोमा हिँड्न संस्था र कर्मचारीहरूलाई मन्त्री किरातीको निर्देशन
  • ‘ग्राउन्ड ह्यान्डलिङ’का विषयमा कुनै पनि कुरा नउठाउन कर्मचारीलाई निर्देशन
  • कर्मचारीले अनावश्यक कोकोहोलो गर्नु आवश्यक नभएको बताए
  • नेतृत्वले निर्माण गरेको नीतिको बाटोमा संस्थाहरू, कर्मचारीहरू हिँड्न सक्नुपर्छ

काठमाडौं ।।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगमको ‘ग्राउन्ड ह्यान्डलिङ’का विषयमा कुनै पनि कुरा नउठाउन कर्मचारीलाई निर्देशन दिएका छन् । आइतबार नेपाल नागरिक उड्डयन प्राधिकरणको २५औँ वार्षिकोत्सव समारोहमा उनले ग्राउन्ड ह्यान्डलिङका विषयमा कर्मचारीले अनावश्यक चासो राखेको भन्दै असन्तुष्टि जनाए । ग्राउन्ड ह्यान्डलिङको विषय सरकारको निर्णयको कुरा भएको उनले स्पष्ट पारे । उनले कर्मचारीले अनावश्यक कोकोहोलो गर्नु आवश्यक नभएको बताए ।

उनले ग्राउन्ड ह्यान्डलिङको कुरा प्रधानमन्त्री र देशका ठूला राजनीतिक दलहरूको सरोकारको विषय भएको भन्दै कर्मचारीलाई यस विषयमा नबोल्न निर्देशन दिएका हुन् । देशलाई वायुसेवा निगम चाहिने र त्यसलाई बचाउन ग्राउन्ड ह्यान्डलिङ आवश्यक पर्ने उनको भनाइ छ ।कर्मचारीले यो विषय उठाए नीति र नेतृत्वमाथिको हस्तक्षेप हुने उनको भनाइ छ । यो कुरा उठाएमा राम्रो नहुने चेतावनी समेत उनले दिए ।मन्त्री किराती कर्मचारी ट्रेड युनियनका नेताहरूमाथि समेत खनिए । उनले कर्मचारीले धेरै नीतिगत कुरा गरेको उल्लेख गरे । भाषण गर्ने कर्मचारी नै प्रधानमन्त्री हो कि जस्तो लागेको भन्दै उनले व्यंग्य गरे ।

नीतिको चिन्ता प्रधानमन्त्री, मन्त्रीहरूले गर्ने उनले बताए । नेतृत्वले बनाएको नीतिमा कर्मचारी हिँड्नुपर्नेमा उनले जोड दिए । उनले कर्मचारीलाई आफ्नो परिधिभित्र बस्न र नीतिमाथि हस्तक्षेप नगर्न दिर्नेशन समेत दिए । “नीतिको प्रश्न धेरै उठाउनुभयो । लामो भाषण गर्नुभयो । म त झुक्किएँ पनि, प्रधानमन्त्री पो आएर बोल्नुहुँदो रहेछ ! पटक–पटक उहाँलाई हेरेँ । तर, उहाँ त प्रधानमन्त्री होइन,” उनले भने, “नीतिको कुरा प्रधानमन्त्री, मन्त्री, नेतृत्वले चिन्ता गर्छ । नेतृत्वले निर्माण गरेको नीतिको बाटोमा संस्थाहरू, कर्मचारीहरू हिँड्न सक्नुपर्छ ।

मन्त्री किरातीले नेपाल नागरिक उड्डयन प्राधिकरणको तीन तत्कालीन कार्याभार रहेको बताए । यात्रुको सुरक्षा गर्नु पहिलो कार्यभार रहेको उनले उल्लेख गरे । उनले ईयूले पठाएको कालोसूचीबाट हटाउन सुधार गर्नुपर्ने १२ बुँदा अक्षरशः पालना गर्नुपर्ने दोस्रो कार्यभार रहेको बताए । यात्रुमैत्री वातावरण बनाउनु तेस्रो कार्यभार रहेको उनको भनाइ छ । उनले न्यूनतम साधनस्रोतको उच्चतम प्रयोग गरेर विमानस्थललाई राम्रो बनाउनुपर्ने बताए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा, भैरहवा र निजगढको विमानस्थल पीपीपी मोडलमा निर्माण गरिने पनि उनले बताए ।

  • साझा परिवेश
  • आइतवार, पुस १५, २०८० १५:५0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।