sweet bonanza
February 24, 2026 | मङ्लबार, फाल्गुन १३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

जेलमा रहेका नासुलाई छुटाइदिने भन्दै पत्रकारले पैसा लिएपछि…..

  • साझा परिवेश
  • बिहिबार, मंसिर २८, २०८० १६:१५
जेलमा रहेका नासुलाई छुटाइदिने भन्दै पत्रकारले पैसा लिएपछि…..
  • रकम लिएको आरोपमा एक पत्रकार पक्राउ
  • सीआइबीले पाण्डेसहित रितु राई र निरेश चौधरीलाई पक्राउ गर्यो 
  • राईले पाण्डेलाई २७ लाख रुपैयाँ दिएको खुलाशा

काठमाडौँ ।।

भेपमार्फत सुन तस्करी प्रकरणमा पक्राउ परेका प्रतिवादीलाई छुटाइदिने भन्दै रकम लिएको आरोपमा एक पत्रकार पक्राउ परेका छन् । पक्राउ पर्नेमा पत्रकार डिल्ली पाण्डे रहेका छन् ।

सीआइबी श्रोतका अनुसार भेपमार्फत् सुन तस्करी प्रकरणमा पक्राउ परेका नायब सुब्बा रेवन्त खड्कालाई थुनामुक्त गरिदिने भन्दै पत्रकार पाण्डेसहितको टोलीले करिब १ करोड रुपैयाँ ठगी गरेको आरोप लागेको छ । सीआइबीले पाण्डेसहित रितु राई र निरेश चौधरीलाई पक्राउ गरेको थियो ।

सीआइबी श्रोतका अनुसार पाण्डेको भूमिका रकमको बार्गेनिङ गर्ने विषयमा भन्दा पनि समन्वय गर्ने विषयमा देखिएको र पाण्डेले रितु राईसँग मात्रै कुराकानी तथा कारोबार गरेको पाइएको हो । सीआइबीले राई र चौधरीलाई यसअघि नै सार्वजनिक गरिसकेको छ । यद्यपि पाण्डेको भूमिका के हो भन्ने स्पष्ट नभएकाले सीआइबीले सार्वजनिक गरेको छैन ।

पाण्डेले पनि ठगीमा आफ्नो कुनै संलग्नता नरहेको र रितु राईसँग लेनदेन भएकाले आफूले लिनुपर्ने रकम मात्रै आफूले लिएको बताएका छन् । राईले पाण्डेलाई २७ लाख रुपैयाँ दिएको देखिएको सीआइबी श्रोतले बतायो ।

सीआइबी श्रोतका अनुसार ठगीमा पाण्डेको संलग्नता हो कि होइन भन्ने विषयमा समेत अनुसन्धान भइरहेको छ । पाण्डेले लिएको रकम पक्राउ परेका प्रतिवादीलाई छुटाइदिने भनेर लिएका हुन् कि रितु राईसँगको आर्थिक कारोबार मात्रै हो भन्ने सम्बन्धमा समेत अनुसन्धान भइरहेको सीआइबीले जनाएको छ ।

भेपमार्फत् तस्करी भएको ९ किलो सुन प्रकरणमा भन्सार कार्यालयका सुब्बा रेवन्त खड्कालाई काठमाडौँ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो । पुर्पक्षका लागि थुनामा पुगेका खड्कालाई छुटाइदिने भन्दै भोजपुरकी रिता राईले रेवन्तका बुवामार्फत करिब १ करोड रुपैयाँ बुझेकी थिइन् । त्यही रकममध्ये २७ लाख रुपैयाँ पाण्डेले लिएको रितुले बयान दिएकी थिइन् । रितुकै बयानका आधारमा पाण्डेसमेत पक्राउ परेका हुन् ।

  • साझा परिवेश
  • बिहिबार, मंसिर २८, २०८० १६:१५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid