April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

नेता लेखनाथले प्रचण्डलाई हाने सटाएर

  • साझा परिवेश
  • आइतवार, पुस १, २०८० ११:0८
नेता लेखनाथले प्रचण्डलाई हाने सटाएर
  • लुम्बिनी विकास कोषको अभियान गोकर्ण रिसोर्टमा पुगेर सकियो 
  • लेखनाथद्वारा सामाजिक सन्जालमार्फत् प्रचण्डप्रति कटाक्ष
  • प्रचण्डकी नातिनीको बिहेको सन्दर्भ जोडेर धारणा सार्वजनिक

काठमाडौं ।।

नेकपा माओवादी केन्द्रका नेता लेखनाथ न्यौपानेले माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति कटाक्ष गर्दै ‘लुम्बिनी विकास कोषको नियुक्तिबाट शुरु भएको रुपान्तरण अभियान गोकर्ण रिसोर्टमा पुगेर समापन’ भएको टिप्पणी गरेका छन् । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको पूर्व केन्द्रीय अध्यक्ष समेत रहेका न्यौपानेले सामाजिक सन्जालमार्फत् प्रचण्डप्रति कटाक्ष गरेका हुन् ।

प्रचण्ड नेतृत्वको वर्तमान सरकारले विवादास्पद पृष्ठभूमिका ल्हारक्याल लामालाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गरेपछि पार्टीभित्रै आलोचना भएको थियो । पूर्व राज्यमन्त्री तथा तत्कालीन संविधानसभा सदस्य लामा ठगी तथा हातहतियार सम्बन्धी अपराधमा पटक-पटक पक्राउ पर्ने गरेका थिए । उनैलाई प्रचण्डले पाँच वर्षका लागि लुम्बिनी विकास कोषको उपाध्यक्षमा गत साउनमा नियुक्त गरेपछि सरकारको आलोचना भएको थियो ।

अहिले फेरि प्रचण्डकी नातिनी (भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालकी छोरी) को बिहे शुक्रबार गोकर्ण फरेष्ट रिसोर्टमा भव्यरुपमा गरिएको विषयलाई लिएर पनि कतिपयले आलोचना गरिरहेका छन् । माओवादी केन्द्रले अहिले चलाइरहेको रुपान्तरण अभियानको बेलामा जनयुद्ध लडेर आएका नेताको परिवारका सदस्यको बिहेको तामझाम बहसको विषय बनिरहेको छ ।नेतृत्वको आलोचना गर्न नडराउने नेताको रुपमा चिनिने लेखनाथ न्यौपानेले लुम्बिनी विकास कोषमा विवादित लामाको नियुक्ति र प्रचण्डकी नातिनीको बिहेको सन्दर्भ जोडेर सामाजिक सन्जालमार्फत् आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।

  • साझा परिवेश
  • आइतवार, पुस १, २०८० ११:0८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।