May 19, 2025 | सोमवार, जेष्ठ ७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

कोरोनाको सबभेरिएन्टबारे सजग रहन विश्व स्वास्थ्य संगठनको आग्रह

  • साझा परिवेश
  • सोमवार, पुस २, २०८० ११:४५
कोरोनाको सबभेरिएन्टबारे सजग रहन विश्व स्वास्थ्य संगठनको आग्रह

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठनले सदस्य राष्ट्रहरूलाई श्वासप्रश्वाससम्बन्धी रोगहरू र कोरोनाको नयाँ सबभेरिएन्ट ‘जेएन वान’ बारे सजग रहन अनुरोध गरेको छ ।

डब्लुएचओले भाइरसले आफ्नो रूप परिवर्तन गरिरहेको बताएको छ । सबै सदस्य राष्ट्रहरूले यस्तो अवस्थामा कडा निगरानी राखेर रोगको फैलावटलाई रोक्न आग्रह गरिएको छ । डब्ल्यूएचओले कोभिड–१९ मा संगठनको प्राविधिक नेतृत्व मारिया भान केरखोभको एक भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्दै यस्तो अपिल गरेकी हुन् ।

उनले त्यस भिडियोमा श्वासप्रश्वाससम्बन्धी रोग सर्ने कारणहरू बताउनुका साथै त्यसबाट बच्न के–कस्ता सावधानी अपनाउनुपर्ने जानकारी पनि दिएकी छिन् । मारिया भान केरखोभले सेयर गरेको पोस्टमा विश्वमा श्वासप्रश्वाससम्बन्धी रोगहरू निरन्तर बढिरहेको बताएकी छन् ।

जसमा कोरोना भाइरल, फ्लू, राइनो भाइरस, माइकोप्लाज्मा निमोनिया र अन्य रोगहरू पर्छन् । सार्स कोभ २ले आफूलाई निरन्तर परिवर्तन गरिरहेको छ । कोरोनाको सबभेरिएन्ट जेएन वान पनि फैलिरहेको छ ।

जाडो मौसममा मानिसहरु घरभित्रै बढी समय बिताउने केरखोवेले बताइन् । यस्तो अवस्थामा घरमा भेन्टिलेसनको अभाव भएमा रोग फैलने खतरा रहेकाले यसतर्फ पनि आमा मानिसलाई ध्यान दिन आग्रह गरिन् ।

अहिले पनि कोरोना भाइरस फैलिरहेको र ६८ प्रतिशत कोरोना संक्रमित सबभेरिएन्ट जेएन १ बाट भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । विश्व स्वास्थ्य सङ्गठनले सदस्य राष्ट्रहरूलाई मास्क र सामाजिक दूरीसम्बन्धी नियमहरू लागू गर्न र कडा अनुगमन गर्न पनि आग्रह गरेको छ ।

  • साझा परिवेश
  • सोमवार, पुस २, २०८० ११:४५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट