काठमाडौं ।।
सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष एवं सांसद राजेन्द्र पाण्डेले एनसेल खरिद–बिक्री प्रकरणमा प्रधानमन्त्रीको प्रतिबद्धता माग गरेका छन् । प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको मंगलबारको बैठकमा उपस्थित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई उनले सोबारे प्रश्न गरेका हुन् ।
उनले प्रधानमन्त्रीको परिवार बदनाम हुँदै आएको बताए । एनसेलको सेयर खरिद–बिक्री प्रकरणमा प्रधानमन्त्रीको परिवार नजोडिएको भए ‘दह्रो’ कदम चाल्न उनले आग्रह गरे । प्रधानमन्त्रीकै परिवार सो प्रकरणमा जोडिएको भए नाटक मात्र हुने उनको भनाइ छ ।