May 19, 2025 | सोमवार, जेष्ठ ७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

लेखा समितिलाई वास्ता नगरी एनसेल छानविन समिति बनाउनु, भ्रष्टाचार र भ्रष्टाचारी दुवैलाई ढाकछोप गर्ने षडयन्त्र : लेखा समिति सभापति

  • साझा परिवेश
  • बुधबार, पुस ४, २०८० १२:५४
लेखा समितिलाई वास्ता नगरी एनसेल छानविन समिति बनाउनु, भ्रष्टाचार र भ्रष्टाचारी दुवैलाई ढाकछोप गर्ने षडयन्त्र : लेखा समिति सभापति
  • लेखा समितिका सभापति ऋषिकेश पोखरेलद्वारा आक्रोस 
  • संसदीय समितिहरुमार्फत् विषय बंग्याउने र जनतालाई भ्रम छर्ने कम खेदजनक 
  • समितिले थालेको काम अर्को समितिले आफ्नो कार्यक्षेत्रसमेत ख्याल नगरी समिति बनाउनु शंकाको बिषय 

काठमाडौं ।।

प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले एनसेल प्रकरणमा राज्य व्यवस्था तथा सुशासन समितिले पनि छलफल चलाएपछि आक्रोश व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत् आक्रोश व्यक्त गर्दै भनेका छन्, “सरकारी सुन्ड मुसन्डहरू सार्वजनिक लेखा समितिले गरेको एनसेल भ्रष्टाचार काण्ड सम्बन्धी निर्णयलाई र सरकारलाई दिएको दबाबलाई कमजोर बनाउन र भ्रष्टाचार छोप्न, आफ्नो कार्यक्षेत्रभन्दा बाहिर विभिन्न संसदीय समितिहरुमार्फत् विषय बंग्याउने र जनतालाई भ्रम छर्ने कामको खेद व्यक्त गर्दछु र जनतालाई सचेत हुन अपिल गर्दछु ।”

उनले मंगलबार अर्को समितिले यस विषयमा छलफल चलाएको भन्दै आक्रोश व्यक्त गरे । उनले थप कुरा गर्दै भने, “लेखा समितिले नै यो विषयमा सार्वजनिक गरेर सरकारलाई छानबिन गर्न भन्यो, ३० दिनभित्र छानबिन गरेर यथार्थ विवरण पेस गर्नू भन्यो । कानुनमा लुप होल छन् भने हिउँदे अधिवेशनमा विधेयकमार्फत् नै टाल्ने काम गर्नुपर्छ भनेर स्पष्ट भनेको छ ।” उनले सरकारले भोलिपल्टै समिति बनाएकोमा धन्यवाद पनि भनिसकेको उल्लेख गर्दै भने, “तर एउटा समितिले थालेको काम अर्को समितिले आफ्नो कार्यक्षेत्रसमेत ख्याल नगरी प्रधानमन्त्रीसहितलाई बोलाउने अनि प्रधानमन्त्री त्यहीँ गएर यस्तो प्रस्तुति दिने कुराले सरकारी प्रायोजनमा समिति चल्न थालेको देख्न थालियो । यो भ्रष्टाचार र भ्रष्टाचारी दुवैलाई ढाकछोप गर्ने षडयन्त्र हो ।”

 

 

  • साझा परिवेश
  • बुधबार, पुस ४, २०८० १२:५४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट