May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

नगरपालिकामा पुगेर एक महिलाले आफैंलाई पेट्रोल छर्किएपछि….

  • साझा परिवेश
  • शुक्रबार, पुस ६, २०८० १४:0४
नगरपालिकामा पुगेर एक महिलाले आफैंलाई पेट्रोल छर्किएपछि….
  • दूबई गएका श्रीमान् अकबर अन्सारी अलपत्र परेपछि…
  • झापामा आफैंलाई आगो लगाउने प्रयास
  • पेट्रोल छर्केको देखेर उपस्थित व्यक्तिहरुले उद्दार गरे

भद्रपुर ।।

वैदेशिक रोजगारीका लागि दूबई गएका श्रीमान् अकबर अन्सारी अलपत्र परेपछि उद्दार गरिदिन सरकारले पहल नगरेको भन्दै एक महिलाले झापामा आफैंलाई आगो लगाउने प्रयास गरेकी छन् । नगरपालिकाको कार्यालयमा पुगेर पेट्रोल छर्किन थालेपछि त्यहाँ उपस्थित व्यक्तिहरुले उद्दार गरेको जिल्ला प्रहरी कार्यालय, झापाका डीएसपी खगेन्द्र रिजालले बताए ।

उनले भने, ‘उहाँको श्रीमान् विदेशमा समस्या हुनु हुँदो रहेछ, उद्दार गरिदिन भन्दै हिँडिरहनु भएको रहेछ । शुक्रबार नगरपालिका पुगेर पेट्रोल छर्किएपछि उद्दार गरेका छौं ।’ भद्रपुर नगरपालिका–८, फुलबारी टोल बस्ने खातुलका श्रीमान् अकवर २८ असोजमा दुबई गएका थिए । त्यहाँ उनलाई ११२० दिराम मासिक तलब दिएर फिनिसिङ कार्पेन्टरको काम लगाउने भनिएपनि फरक काममा लगाइएको थियो ।

लेबरको काममा लगाएपछि ९ दिनमा उनी बिरामी परेको पाइएको प्रहरीले जनाएको छ । फर्किनका लागि भाडा समेत नभएपछि परिवार विचल्लीमा परेको थियो । प्रहरीका अनुसार, अहिले उनकी खातुनलाई सम्झाइबुझाइ गरेर परिवारको जिम्मा लगाएको छ । भद्रपुर नगरपालिकाले भने उनको पतिको उद्दारका लागि पहल भइरहेको जनाएको छ ।

 

  • साझा परिवेश
  • शुक्रबार, पुस ६, २०८० १४:0४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।