काठमाडौं ।।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले कुनै पनि प्रकारको अनियमितता भेटिए आफू कठोर बन्ने बताएका छन् । पेसी व्यवस्थापन अटोमेसन शुभारम्भका लागि आइतबार उच्च अदालत पाटन पुगेका प्रधानन्यायाधीश श्रेष्ठले उच्च अदालतका मुख्य न्यायाधीशहरूलाई पनि चनाखो भएर हेर्न निर्देशन दिए ।
“मुख्य न्यायाधीशज्यूहरू आफ्ना नजिकका जिल्ला अदालतसम्म मुन्टो उठाएर हेर्नुस्, कमीकमजोरी घटाउन काम गर्नुस् । प्रविधिले सहजीकरण गर्ने हो, फैसला न्यायाधीशले नै गर्ने हो,” प्रधानन्यायाधीश श्रेष्ठले भने, “हरेक दिन तपाईंहरूको रिपोर्ट आईटीमार्फत नै लिइरहेको छु । कहीँ कतै अनियमितता भएको भए म सहने छैन ।”