May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज

आज राम मन्दिरमा कोसेली लगेर तिल्कोत्सव मनाइंदै

  • साझा परिवेश
  • शुक्रबार, मंसिर २९, २०८० १0:२९
आज राम मन्दिरमा कोसेली लगेर तिल्कोत्सव मनाइंदै
  • विवाहपञ्चमीको चौथो दिन आज तिल्कोत्सव मनाइँदै
  • राजा दशरथको भूमिकामा राममन्दिरका महन्त राम गिरी रहने 
  • राम मन्दिरमा यस वर्ष करिब ४ सय भार कोसेली लगिने

जनकपुरधाम ।।   

विवाहपञ्चमीको चौथो दिन आज तिल्कोत्सव मनाइँदै छ । तिल्कोत्सवमा जानकी मन्दिरबाट कोसेली लिएर साधुसन्तहरु जनकपुरकै राम मन्दिरमा पुगेर तिल्कोत्सव मनाइन्छ । तिल्कोत्सवलाई मैथिलीमा छेका भनिन्छ । विवाह हुनु अघि बेहुली पक्ष दहीचुरा, खिरपुरी, विभिन्न मिठाई, फलफूल, लत्ताकपडासहित बेहुला अर्थात बरको घरमा पुगेर दिन्छन् । त्यसलाई भार (कोसेली) भन्छन् । भार पुर्याएपछि बेहुला र बेहुली पक्षबीच टिकाटालो हुन्छ ।

मैथिली परम्पराको यही विधि पूरा गर्न जानकी मन्दिरबाट साधुसन्तहरु बाजागाजासहित कोसेली लिएर जनकपुरकै राम मन्दिरमा पुग्ने गर्दछन् । त्यसको नेतृत्व सीताको बुवा अर्थात् राजा जनकको भूमिका जानकी मन्दिरका महन्तले पूरा गर्दछन् । रामको बुबा अर्थात राजा दशरथको भूमिकामा राममन्दिरका महन्त राम गिरी रहने परम्परा छ । प्रत्येक वर्षक कम्तिमा १०१ भार (कोसेली) राम मन्दिरमा लैजाने गरेकोमा यस वर्ष करिब ४ सय भार लगिने जानकी मन्दिरका सहमहन्त रामरोशन दासले जानकारी दिए ।

राम मन्दिरमा भार पुगेपछि तिल्कोत्सवको कार्यक्रम भव्य रुपमा हुने गर्दछ । त्यहाँ महिलाहरुले मैथिली भाषाका थरी–थरी लोक गीतले छोरी जानकीको पक्षबाट पुगेका साधुसन्तलाई स्वागत गर्ने चलन छ । यसरी सम्धी मिलन र तिल्कोत्सव सम्पन्न हुन्छ । भोलि पाँचौ दिन शनिबार मटकोर तथा आइतबार सीता–रामको विवाह र सोमबार रामकलेवा गरी विवाहपञ्चमी महोत्सव सम्पन्न हुने छ । सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको तेस्रो दिन बिहीबार जानकी मन्दिरमा धनुष यज्ञ मनाइएको थियो । धनुष यज्ञ अवलोकन गर्न बिहीबार बेलुकी जानकी मन्दिरमा सयौंको संख्यामा साधुसन्त तथा दर्शनार्थी भेला भएका थिए ।

 

  • साझा परिवेश
  • शुक्रबार, मंसिर २९, २०८० १0:२९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।