April 30, 2024 | मङ्लबार, बैशाख १८, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? गण्डकी सरकार गठनविरुद्धको रिट खारेज रास्वपाका मिलन लिम्बुको १० प्रतिशत मत नपुगेपछि जमानत जफत इलाम–२ मा एमालेका सुहाङ नेम्वाङ निर्वाचित झापामा लागुओैषध काराेबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले चलायो गाेली नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि

कैद अवधि सकिएर जेलबाट छुट्ने दिन नै कैदीको मृत्यु

  • साझा परिवेश
  • सोमवार, पुस ९, २०८० ११:२५
कैद अवधि सकिएर जेलबाट छुट्ने दिन नै कैदीको मृत्यु
  • विराटनगर १० का ४८ वर्षीय कैदी चण्डेश्वर सहनीको मृत्यु
  • दुई दिनअघि मात्र विराटनगरस्थित कोसी अस्पताल भर्ना भएका उनी 
  • २०७८ मंसिर २० गते १० महिन २२ दिन कैद सजायको फैसला

विराटनगर ।।

मोरङ कारागारमा विराटनगर-१० का ४८ वर्षीय कैदी चण्डेश्वर सहनीको मृत्यु भएको छ । सहनीले भुक्तान गर्नुपर्ने कैद अवधि आजै सकिँदै थियो । तर, कारागार बाहिर निस्कने दिन नै उनको मृत्यु भएको हो । जेल प्रशासनका अनुसार उनका ‘पेट दुख्ने र श्वास प्रश्वाससम्बन्धी समस्या देखिएको थियो । दुई दिनअघि मात्र विराटनगरस्थित कोसी अस्पताल भर्ना गरिएको थियो । उपचारकै क्रममा सोमबार बिहान पौने ७ बजे उनको निधन भएको मोरङ कारागारका निमित्त जेलर कृष्णहरि न्यौपानेले बताए । परिवारका अनुसार सहनी २०७९ माघ १७ गतेदेखि कैद भुक्तान गर्दै आएका थिए ।

लेनदेन मुद्दामा जिल्ला अदालत मोरङले २०७८ मंसिर २० गते १० महिन २२ दिन कैद सजायको फैसला गरेको थियो । उनी २०७९ माघ १७ गते पक्राउ परेका थिए । त्यसअघि फरार थिए । परिवारले भने स्वास्थ्यमा समस्या आएपछि पनि जेल प्रशासनले जानकारी नगराउँदा राम्रो अस्पतालमा लगेर उपचार गर्न नपाएको गुनासो गरेको छ ।  यसअिघ मोरङको लेटाङ नगरपालिका-४ का ३७ वर्षीय कैदी केशरबहादुर भुजेलको पनि मृत्यु भएको थियो । त्यो घटना शंकास्पद भएको भन्दै परिवारले शव नउठाएपछि जिल्ला प्रशासन कार्यालयले छानबिन समिति गठन गरेको थियो । मोरङ कारागारमा एक हजार ४४ जना कैदीबन्दी छन् । तीमध्ये पुरुष ९४८, महिला ८९ र नावलक ७ जना छन् ।

  • साझा परिवेश
  • सोमवार, पुस ९, २०८० ११:२५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।