May 14, 2024 | मङ्लबार, जेष्ठ १, २०८१
सुचनाहरु
नीति तथा कार्यक्रमः बैंक, वित्तीय संस्था र सहकारीका समस्या समाधान गरिने सर्वोच्च अदालतमा अब अनलाइनबाटै रिट दर्ता गर्न सकिने नेप्से २८.६२ अंकले बढ्यो कोशी प्रदेश सांसद निर्मला लिम्बू अशोक राई नेतृत्वकाे जसपामा अमेरिका र क्यानडाकाे प्रलाेभन देखाएर ५ कराेड ठगी ; तीनजना पक्राउ टर्कीको राष्ट्रसंघ मिसन कार्यालयमा जागिर लगाउने प्रलोभनमा १२४ जनालाई ठगी ; एक प्रक्राउ २ अर्ब १ करोडको अवैध कारोबार, प्रहरीद्वारा सार्वजनिक कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै वैदेशिक रोजगारमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा चार जनालाई पक्राउ करका दर हेरफेरमा मनोमानी गर्दिन: अर्थमन्त्री पुन सरकारले माग सम्बोधन नगरेको भन्दै राजधानीको सडकमा व्हिलचियर आन्दोलन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन, कांग्रेसकाे अडान कायमै भारतीय सुपरस्टार अभिनेता अल्लु अर्जुन विवादमा ; अर्जुनविरुद्ध प्रहरीले दायर गर्यो मुद्धा सुरक्षण मुद्रणमा ४० करोड बढी भ्रष्टाचार, विकल पौडेलसहित ६ जनाविरुद्ध मुद्दा क्यानडामा आगलागी : हजारौँ मानिस घर छाडेर भागे नेप्से सूचक ८ अंकले बढ्यो वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै कोशीका मुख्यमन्त्री कार्कीले सोमबार विश्वासको मत लिने विदेश पढ्नेले लगे ९ महिनामा झन्डै १ खर्ब राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता

सरकार र गृहमन्त्रीलाई मेरो च्यालेन्ज : रवि

  • साझा परिवेश
  • सोमवार, पुस ९, २०८० १२:१७
सरकार र गृहमन्त्रीलाई मेरो च्यालेन्ज : रवि
  • सरकारमा सहभागी हुने वा गठबन्धनमा सामेल हुने भन्ने रेसमा म छैन 
  • उनले आफूविरुद्ध गृहप्रशासन लागेको आरोपसमेत लगाए
  • कसरी फसाउने भनेर षडयन्त्र गरिरहेको उनले आशंका गरे

चितवन ।।

राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा)का सभापति रवि लामिछाने सरकारमा सहभागी हुने वा गठबन्धनमा सामेल हुने रेसमा आफू नरहेको बताएका छन् । रवि लामिछाने गृहमन्त्री बन्न खोजेको भन्ने हल्ला चलाइएको भन्दै उनले त्यसमा आफूलाई चासो नै नभएको बताए । चितवनको नारायणगढमा सोमबार बिहान पत्रकारहरुसँग उनले भने, ‘यो सरकार फेरबदल हुनलाछ, यो गृहमन्त्री हुन जान लाग्यो कि क्याहो, यसलाई त ठेल्नुपर्छ कि क्या हो भन्ने सोच उहाँलाई भएको होला । तपाईंको सरकार तपाईंलाई मुबारक । म त्यो रेसमा पनि छैन, यो गठबन्धनको रेसमा पनि छैन । मलाई त्यसमा कुनै चासो छैन ।’

उनले आफूविरुद्ध गृहप्रशासन लागेको आरोपसमेत लगाए । आफूविरुद्ध मकैको खोया प्रहार भएको प्रसंग जोड्दै उनले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको आलोचना गरे । उनले भने, ‘सबै प्रपन्च खोयाबाट सुरु गरेर कहाँसम्म पुग्ने विचार गर्नु भएको छ गृहमन्त्रीले, गृहमन्त्रीज्यू पहिले आफ्ना वरपरका मान्छेलाई सम्हाल्नुपर्यो तपाईंले ।’

‘सब चिज योजनाबद्ध छ’

आफूमाथि आक्रमणको प्रयास हुँदा पनि गृह प्रशासनले एकपटक पनि नसोधेको गुनासो गर्दै उनले योजनाबद्ध ढंगले आफूमाथि प्रहार भइरहेको आरोप लगाए । ‘चौथो ठूलो दलको नेतामाथि प्रहार हुँदाखेरि देशको प्रशासनले, गृहमन्त्रीले, गृह प्रशासनले एकपटक एउटा कन्सर्न राख्नुपर्ने होला नि त ? छैन, किनकि सब चिज योजनाबद्ध छ,’ लामिछानेले भने । सुन तस्करी प्रकरणको मुद्दा कमजोर बनाएर आफ्नालाई बचाएको गृह प्रशासनले रवि लामिछानेलाई कसरी फसाउने भनेर षडयन्त्र गरिरहेको उनले आशंका गरे ।

उनले सुन तस्करीमा संलग्न व्यक्तिबारे आफूले दिएको सूचनाको आधारमा गृहमन्त्री श्रेष्ठले आफ्ना मान्छेलाई जोगाएको आरोप लगाउँदै उनले अब सहकारीको माध्यमबाट आफूलाई फसाउन खोजिएको आशंका गरे । ‘यही सरकारीभित्र छिरेर, यहाँबाट सुरुवात गरेर यसलाई फसाउँछु भन्ने कुनै योजनाभित्र हुनुहुन्छ कि भन्ने मलाई आशंका छ,’ उनले भने ।

राष्ट्रिय परिचय पत्र छाप्ने जिम्मा विदेशी कम्पनीलाई दिइएको भनेर पत्रिकामा आएको समाचारको आधारमा गृहमन्त्रीले छानविन समिति बनाएको, समितिले आफूसँग वयान पनि लिएको तर त्यसको रिपोर्ट अहिलेसम्म सार्वजनिक नगरेको भन्दै लामिछानेले आक्रोश पोखे ।उनले सुन तस्करी प्रकरणबारे प्रधानमन्त्री कार्यालय मातहतको राजश्व अनुसन्धान विभागले राम्रोसँग अनुसन्धान गरिरहेको बेला गृह मन्त्रालयले प्रहरीमार्फत् ल्याएर मुद्दा कमजोर बनाएको आरोप समेत लगाए ।

  • साझा परिवेश
  • सोमवार, पुस ९, २०८० १२:१७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट