May 21, 2024 | मङ्लबार, जेष्ठ ८, २०८१
सुचनाहरु
सूचना बेचेको अभियोगमा तत्काल गिरफ्तार गरि कानूनी कारबाही गरियोस् : भीम रावल प्रधानमन्त्रीको कांग्रेसलाई चेतावनी- संसद अवरोध गरेको घटनाको मुल्य चर्को पर्नेछ राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध संसदमा आज सभामुख देखिन- महामन्त्री शर्मा नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत बालेनले सार्बजनिक गरे गिरीबन्धु जस्तै हदबन्दी छुट र सट्टापट्टा माग्ने १०० भन्दा बढी कम्पनिको सूची प्रसंग : गृहमन्त्री रबि लामिछाने उपेन्द्र यादवको रिट न्यायाधीश ढुंगानाकाे इजलासमा पेशी बानेश्वरमा कांग्रेसले बोलायो विपक्षी दलको बैठक इरानी राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन कस्तो रहला आजको मौसम ? प्रधानमन्त्रीले आज बिश्वासको मत लिने कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ

प्रहरीको खोजीमा रहेका आरती साहका पति मोतीबाबु जनकपुरबाट पक्राउ

  • साझा परिवेश
  • सोमवार, पुस ९, २०८० १२:४१
प्रहरीको खोजीमा रहेका आरती साहका पति मोतीबाबु जनकपुरबाट पक्राउ
  • मोतीबाबु साहलाई प्रहरीले पक्राउ गर्यो 
  • सर्वोच्च अदालतले पति मोतीबाबुलाई पुर्पक्षको लागि थुनामा पठाउने
  • आरती साहलाई श्रीमान् र ससुराले हत्या गरेको आशंकामा समातियो 

जनकपुरधाम ।।

आरती साह मृत्यु प्रकरणमा उनका पति मोतीबाबु साहलाई प्रहरीले पक्राउ गरेको छ । करिब ११ बजे जनकपुरधामको सीताचोकस्थित सनुन  होटेलबाट उनलाई पक्राउ गरेको धनुषाका प्रहरी उपरीक्षक (एसपी) मित्रबन्धु शर्माले जानकारी दिए । उनलाई आवश्यक प्रक्रिया पुर्याएर कारागार चलान गरिने एसपी शर्माले बताए । गत मंसिर २० गते सर्वोच्च अदालतले पति मोतीबाबुलाई पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिएको थियो । यसअघि १८ असोजमा उच्च अदालत जनकपुरले उनीसहित उनका बुबा मदनमोहनलाई समेत साधारण तारेखमा रिहा गर्ने फैसला गरेको थियो ।

जिल्ला अदालत धनुषाको फैसला बदर गर्दै उच्च अदालत जनकपुरले पुर्पक्षका लागि थुनामा रहेका आरतीका पति मोतीबाबु र ससुरा मदन मोहन ब्याहुत सुँडीलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको थियो । सो आदेशविरुद्धको रिटमा सर्वोच्च अदालतले उच्च अदालतको आदेश आंशिक उल्टाउँदै पति मोतीबाबुलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । आरती गत जेठ ७ गते जनकपुरधाम उपमहानगरपालिका ९ थापाचोक स्थित आो्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।

उनलाई परिवारजले उपचारका लागि भन्दै काव्या अस्पताल लगेपछि प्रहरीले थाहा पाएको थियो । माइती पक्षले आरतीको दाइजोको कारण श्रीमान् र ससुराले हत्या गरेको आरोप लगाउँदै आएको छ । आरतीको हत्या गरेको भन्दै उनका श्रीमान र ससुरालाई कारबाही गर्न माइती पक्षले लामो समयदेखि आन्दोलन गर्दै आएका छन् । आरतीका आमा, बुवा र बहिनी विगत ६ महिनादेखि काठमाडौंमा धर्ना बसेका छन् । धर्ना बस्दा पनि सरकारले न्याय दिन नसकेपछि मधेश प्रदेशका पूर्वन्यायाधिवक्ता दीपेन्द्र झाले सर्वोच्चमा रिट दिएका थिए । उक्त रिट माथिको सुनुवाइपछि सर्वोच्चले आरतीका श्रीमानलाई थुनामा पठाउन आदेश दिएको थियो ।

 

  • साझा परिवेश
  • सोमवार, पुस ९, २०८० १२:४१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट