sweet bonanza
February 24, 2026 | मङ्लबार, फाल्गुन १३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

झापाको बिर्तामोडमा २६२ कुकुरको बन्ध्याकरण

  • साझा परिवेश
  • सोमवार, पुस ९, २०८० १४:३८
झापाको बिर्तामोडमा २६२ कुकुरको बन्ध्याकरण

झापाको बिर्तामोडमा २ सय ६२ वटा सामुदायिक कुकुरको बन्ध्याकरण गरिएको छ । बिर्तामोड नगरपालिकाले बिहीबारदेखि आइतबारसम्म ४ दिन सञ्चालन गरेको शिविरमा नगरक्षेत्र भरीबाट सङ्कलन गरेर ल्याएका कुकुरहरूको बन्ध्याकरण गरेको हो ।

बिर्तामोड नगरपालिकाले २०७२ सालदेखि हरेक वर्ष सामुदायिक कुकुर बन्ध्याकरण शिविर आयोजना गर्दै आएको छ । नगरपालिकाले यस अघि नै २ हजार १ सय भन्दा बढी सामुदायिक कुकुरहरूको बन्ध्याकरण गरिसकेको छ ।

सामुदायिक कुकुरको सङ्ख्या बढेसँगै कुकुरबाट सर्ने रेबिज लगायतका रोगहरूको जोखिम पनि बढ्दै गएपछि यसको प्रजनन्दर रोक्नका लागि कुकुर बन्ध्याकरण शिविरको आयोजना गरिएको पशुपन्छी तथा मत्स्य विकास शाखा प्रमुख सावित्रा दाहालले जानकारी दिनु भयो । कुकुरलाई बन्ध्याकरणसँगै रेबिज विरुद्धको भ्याक्सिन तथा आवश्यकता अनुसार अन्य औषधी उपचारसमेत गरिएको छ ।

शिविर समापन कार्यक्रममा प्राविधिक सहयोग उपलब्ध गराउने संस्था हाम्रो भेटेरिनरी सेवा सहकारी र डाक्टर सिजन शैंजुलाई प्रशंसा पत्र प्रदान गरिएको छ । कार्यक्रमकी प्रमुख अतिथि कार्यपालिका सदस्य तथा आर्थिक विकास समिति संयोजक सङ्गीता सिवाले सहकारीका अध्यक्ष डाक्टर दिलीप सापकोटा र डाक्टर सैँजुलाई प्रशंसा पत्र प्रदान गर्नु भयो । शिविरमा खटिएको प्राविधिक टिमलाईसमेत खादा लगाएर सम्मान गरिएको छ ।

नगरपालिकाले पशुपन्छी तथा मत्स्य विकास शाखा मार्फत हरेक वर्ष सामुदायिक कुकुर बन्ध्याकरणको लागि बजेट छुट्याउँदै आएको छ । शिविर समापन कार्यक्रममा कार्यपालिका सदस्य निर्मला देवी सुनार, नगरका वरिष्ठ कार्यक्रम अधिकृत जय तिम्सिना, अधिकृत मेघराज बास्तोला लगायतको उपस्थिति रहेको थियो ।

  • साझा परिवेश
  • सोमवार, पुस ९, २०८० १४:३८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid