काठमाडौं ।।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको अभिव्यक्तिको विरोध जनाउँदै सनातन धर्मावलम्बी समूहले काठमाडौंमा प्रदर्शन गरेको छ ।
मन्त्री किरातीले गत बुधबार दिएको अभिव्यक्ति गैरसंवैधानिक भएको भन्दै समूहले काठमाडौंको बानेश्वरमा प्रदर्शन गरेको हो ।
बुधबार क्रिसमस फेस्टिभलमा मन्त्री किरातीले क्रिश्चियनलाई मान्दिन भन्नु संबिधान मान्दिन भन्नु हो र संविधान मान्दिन भन्नेहरु देशद्रोही हुन् भन्ने अभिव्यक्ति दिएका थिए । जसको विरोधमा प्रदर्शन भएको हो ।