April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी

गाई काटेको आरोपमा ३ जना पक्राउ

  • साझा परिवेश
  • सोमवार, पुस ९, २०८० १६:0४
गाई काटेको आरोपमा ३ जना पक्राउ

कपिलवस्तुको वाणगंगा नगरपालिकाबाट गाई काटेको आरोपमा ३ जना पक्राउ परेका छन। पालिकाको वडा १० भावपुरबाट गाईको मासु काटी भाग लगाई रहेको अवस्थामा ३ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

गाईको मासु काटि भाग लगाई राखेको सुराकीको भरमा सुरज विकको घरबाट इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक गोपाल रायमाझीको नेतृत्वमा पुगेको टोलीले विक सहित ३ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा विक सहित बुद्धभूमि नगरपालिका १० बस्ने वर्ष ५५ का वर्षाति थारु, रुपन्देही जिल्ला कन्चन गाउँपालिका ५ बस्ने वर्ष ३० का श्रीधर टमार रहेका छन् । उनिहरुबाट अन्दाजी १०० केजी गाईको मासु समेत बरामद गरिएको छ । पक्राउ परेका उनीहरुको थप अनुसन्धान भै रहेको जिल्ला प्रहरी कार्यालय कपिवस्तुले जनाएको छ।

  • साझा परिवेश
  • सोमवार, पुस ९, २०८० १६:0४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।