July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

शिखर धवनको विस्फोटक ब्याटिङका बाबजुद हार्‍यो पञ्जाब, हैदरावादको पहिलो जित

  • साझा परिवेश
  • सोमवार, चैत्र २७, २०७९ १२:११
शिखर धवनको विस्फोटक ब्याटिङका बाबजुद हार्‍यो पञ्जाब, हैदरावादको पहिलो जित

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल)को जारी सिजनमा सनराइजर्स हैदरावादले पहिलो जित निकालेको छ।

गएराती पञ्जाब किंग्सलाई ८ विकेटले  हराउँदै हैदरावादले विजयी यात्रा आरम्भ गरेको हो। यसअघिका दुई खेलमा हैदरावाद लगातार पराजित भएको थियो।

हैदरावादको घरेलु मैदान राजिव गान्धी इन्टरनेशनल स्टेडियममा पञ्जाबले दिएको १४४ रनको लक्ष्य हैदरावादले १७.१ ओभरमा २ विकेट गुमाएर भेटेको थियो।

हैदरावादको सानदार जितमा राहुल त्रिपाठीले विस्फोटक ब्याटिङ गरे। त्रिपाठीले  ४८ बलमा  १० चौका र ३ छक्का प्रहार गर्दै अविजित ७४ रन बनाए।

त्यस्तै कप्तान एडेन मारक्रमले  २१ बलमा ६ चौका प्रहार गर्दै अविजित ३७ रन बनाए।

ओपनरद्वय मयंक अग्रवाल र ह्यारी ब्रुकले क्रमश २१ र १३ रन बनाए।

पञ्जाबका लागि अर्शदिप सिंह र राहुल चाहरले समान एकएक विकेट लिए।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जाबले २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १४३ रन बनाएको थियो।

पञ्जाबका कप्तान शिखर धवनले अविजित ९९ रन बनाए। ६६ बल खेलेका उनले  १२ चौका र ५ छक्का प्रहार गरे। त्यसका बाबजुद पनि टोलीको हार टर्न सकेन।

शाम  कुरानले २२ रन बनाउनुबाहे अन्य ब्याट्सम्यान सस्तोमै आउट भएपछि पञ्जाब जारी लिगमा पहिलो पटक पराजित भएको हो।

बलिङतर्फ हैदरावादका मयङ्क मार्कण्डेले सर्वाधिक चार विकेट लिए। त्यस्तै मार्को जन्सेन र उम्रन मलिकले दुई–दुई विकेट लिँदा भूवनेश्वर कुमारले एक विकेट लिए।

जीतसँगै पञ्जाब अंक तालिकाको छैठौं नम्बरमा झरेको छ भने हैदरावाद आफ्नो स्थिती सुधार गर्दै आठौं स्थानमा उक्लिएको छ।

  • साझा परिवेश
  • सोमवार, चैत्र २७, २०७९ १२:११

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्