काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।
केही दिनदेखि फेरि बढ्न थालेको सुनको मूल्य यो साताको पहिलो कारोबार दिनदेखि नै उकालो लागिरहेको छ । यसक्रममा आज एकैदिन तोलामा एक हजार ३ सय रुपैयाँ मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक हजार ३ सय बढेर एक लाख २२ हजार रुपैयाँ पुगेको छ । अघिल्लो दिन बुधबार प्रतितोला एक लाख २० हजार ७ सय रुपैयाँमा किनबेच भएको थियो । यस्तै आज तेजाबीको सुनको मूल्य प्रतितोला एक लाख २१ हजार ४ सय तोकिएको छ । बुधबार प्रतितोला एक लाख २० हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँ वृद्धि भएको छ । आज प्रतितोला एक हजार ४९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार प्रतितोला एक हजार ४७५ रुपैयाँ मूल्य कायम गरिएको थियो ।