May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

८ महिनादेखिको तलब माग्दै वीरका कर्मचारी आन्दोलनमा

  • साझा परिवेश
  • शुक्रबार, पुस १३, २०८० १४:२0
८  महिनादेखिको तलब माग्दै वीरका कर्मचारी आन्दोलनमा
  • चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का कर्मचारी आन्दोलित
  • काम गरेको आठ महिनाको पारश्रमिक नपाएको आक्रोस 
  • भुक्तानी नभएसम्म संयुक्त आन्दोलन अघि बढाउने चेतावनी 

काठमाडौं ।।

आठ महिनादेखि पारिश्रमिक नपाएको भन्दै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का कर्मचारी आन्दोलित भएका छन् । न्याम्सका स्वास्थ्यकर्मी तथा कर्मचारीले शुक्रबार अस्पतालको आर्थिक तथा कर्मचारी प्रशासन शाखामा ताला लगाएका छन् । अस्पतालभित्रका नौवटा कर्मचारी संगठनले संयुक्त विज्ञप्ति जारी गर्दै नियमित तलबभत्ता तथा अतिरिक्त समय काम गरेको आठ महिनाको पारश्रमिक नपाएको जनाएका छन् ।

यसबारे पटकपटक न्याम्समा जानकारी गराउँदा समेत अस्पताल व्यवस्थापनले वास्ता नगरेको उनीहरूको आरोप छ ।आर्थिक र प्रशासन शाखामा ताला लागेपछि अस्पताल प्रशासन र आन्दोलनरत कर्मचारीबीच छलफल सुरु भएको छ ।  “सफाइकर्मीसहित केही कर्मचारीको नियमित तलब पनि रोकिएको छ, अहिले उहाँहरूसँग छलफलमा जुटेका छौँ”, अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले भने । बक्यौता पाश्रिमिक भुक्तानी नभएसम्म संयुक्त आन्दोलन अघि बढाउने कर्मचारीले चेतावनी दिएका छन् ।

  • साझा परिवेश
  • शुक्रबार, पुस १३, २०८० १४:२0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।