काठमाडौं ।।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गर्ने १८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) को आवेदन फारम भर्न नपाएको भन्दै आज (शुक्रबार) केही युवाले ललितपुरको बालकुमारीमा गाडीमा आगजनी गरेका थिए । घटनापछि प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको उपत्यका प्रहरी प्रमुख एआईजी दिपक थापाले जानकारी दिए ।