May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

त्रिविमा मौसम परिवर्तनबारे शीतकालीन कक्षा सञ्चालन

  • साझा परिवेश
  • बिहिबार, मंसिर २१, २०८० १६:१२
त्रिविमा मौसम परिवर्तनबारे शीतकालीन कक्षा सञ्चालन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले हिमनदी, मौसम परिवर्तन र हिमालयीय क्षेत्रमा देखिएका पर्यावरणीय प्रभाव लगायतका विषयमा शीतकालीन कक्षा (विन्टर स्कुल) सञ्चालन गरेको छ । विश्वविद्यालयको जल तथा मौलम विज्ञान केन्द्रीय विभागले फ्रान्सेली अनुसन्धान तथा विकास संस्थान (आइआरडी फ्रान्स) र काठमाडौंँ सेन्टर फर रिसर्च एण्ड एजुकेशन तथा एकीकृत अन्तर्राष्ट्रिय पर्वतीय केन्द्र (इसिमोड) को सहयोगमा सो कक्षा सञ्चालन गरेको हो ।

रिमोट सेन्सिङ प्रविधिका माध्यामबाट हिउँ र हिमनदीको स्थलगत अध्ययन हुने सो कक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिस्तरका २५ विद्यार्थी सहभागी छन् । विज्ञ प्राध्यापकबाट आजदेखि आगामी पुस १ गतेसम्म ११ दिनसम्म सञ्चालन हुने कक्षामा सहभागी विद्यार्थीमध्ये नौ जना सगरमाथा क्षेत्रको खुम्बु क्षेत्रमा रहेको हिमनदीको तत्कालीन अध्ययन गरी फर्किएका छन् । कक्षामा भारतका दुई, पाकिस्तानका एक, भुुटानका एक र थाइल्याण्डका एक विद्यार्थीसमेत संलग्न छन् ।

कक्षा सञ्चालन कार्यक्रमलाई सम्बोधन गर्दै विश्वविद्यालयका निमित्त उपकुलपति प्राडा शिवलाल भुसालले अन्तर्राष्ट्रिय शैक्षिक सहकार्यमार्फत विद्यार्थीको सिकाइलाई थप प्रभावकारी र व्यवहारिक बनाउन यस कक्षाबाट अन्य विभागसमेत प्रोत्साहित हुनुपर्ने बताए । विज्ञान तथा प्रविधि अध्ययन संस्थानका डीन प्राडा विनिल अर्यालले अन्तरदेशीय शैक्षिक सहकार्यमार्फत विभागले जल तथा मौसम विज्ञान विषयको क्षेत्रमा आफ्नो अन्तर्राष्ट्रिय प्रभाव विस्तार गर्दै गइरहेको र स्थलगत अध्ययन पश्चात सञ्चालन गरी कक्षाबाट विद्यार्थी थप लाभान्वित हुने बताए ।

आइआरडीका प्रतिनिधि डा.प्याट्रिक वागनोन र डा.एडिना राकोभिटानुले विद्यार्थीलाई कक्षामा आफ्नो उत्सुकतासम्बन्धी सम्पूर्ण प्रश्न सोध्न अनुरोध गरेका थिए । विभागका प्रमुख प्राडा दीपक अर्यालले सो कक्षा सञ्चालनले विद्यार्थीमा अध्ययन र अनुसन्धानप्रति थप आकर्षण बढाएको र स्थलगत अध्ययनमार्फत बौद्धिक क्षमताको विकास गराउनसमेत सफल भइरहेको बताए ।

Nabil bank

  • साझा परिवेश
  • बिहिबार, मंसिर २१, २०८० १६:१२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।