sweet bonanza
February 27, 2026 | शुक्रबार, फाल्गुन १६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

भारतीय विदेश मन्त्री जयशंकर १९ गते नेपाल आउँदै

  • साझा परिवेश
  • शुक्रबार, पुस १३, २०८० १६:१३
भारतीय विदेश मन्त्री जयशंकर १९ गते नेपाल आउँदै

काठमाडौँ । भारतीय विदेश मन्त्री एस जयशंकर पुस १९ गते नेपाल आउने भएका छन् । उनीसँग भारतीय विदेश सचिव विनय मोहन क्वात्रा, नेपाल डेस्क हेर्ने सहसचिव अनुराग श्रीवास्तव, भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिंदम बागची, विदेश मन्त्रालयअन्तरर्गत सीमा व्यवस्थापन हेर्न अधिकारीहरू पनि आउने भएका हुन् ।

भारतीय वायुसेनाको विशेष विमानबाट उनीहरु १९ गते बिहीबार बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने स्रोतले जनाएको छ ।

विदेशमन्त्री जयशंकारको स्वागतका लागि विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्साल र नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्त जाने बताइएको छ ।त्यही दिन परराष्ट्र मन्त्री एनपी साउदसँग भेटघाट गर्नुको साथै नेपाल भारत संयुक्त आयोगको बैठकमा उनी सहभागी हुनेछन् ।

पुस २० गतेसम्म नेपालमा रहने मन्त्री एस जयशंकरले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका अध्यक्ष केपी शर्मा ओलीलागयतसँग भेटघाट गर्ने कार्यक्रम तय भएको छ । यस्तै उनले अन्य नेता, सांसदलगायतसँग परराष्ट्र मन्त्रालयले आयोजना गर्ने रात्रि भोजमा सामूहिक भेटघाट गर्ने कार्यक्रम तय भएको स्रोतले जनाएको छ ।

मन्त्री जयशंकरको यो भ्रमणको क्रममा भारतले नेपालबाट १० वर्षमा १० हजार मेगावाट बिजुली खरिद गर्ने विषयमा हस्ताक्षर हुने तयारी भइरहेको छ । भैरहवा एयरपोर्टबाट भारतका लागि पनि उडान गर्ने लगायतका विषयमा छलफल हुने बताइएको छ ।

  • साझा परिवेश
  • शुक्रबार, पुस १३, २०८० १६:१३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid