May 9, 2024 | बिहिबार, बैशाख २७, २०८१
सुचनाहरु
संवैधानिक परिषद्ले गर्ने सबै निर्णयहरु सर्वसम्मतिले गर्ने व्यवस्था गर्नुपर्छ: गृहमन्त्री लामिछाने ट्रयाक्टर दुर्घटना हुँदा विद्यार्थीको मृत्यु अमेरिका पठाइदिन्छु भन्दै एक करोड बढी ठगी, एक पक्राउ कोशीको प्रदेश सभा बैठक बोलाउन प्रदेश प्रमुखलाई भृकुटीमण्डपको खुला बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन धेरै कर्मचारीले एकै पटक बिदा लिएपछि एयर इन्डियाका ८० भन्दा बढी उडान रद्द ‘निर्वाचन आयोगविरुद्ध अदालत जान्छु’ : जसपा अध्यक्ष यादव म प्रधानमन्त्री भएपछि अर्थतन्त्रमा सुधार भएको छ: प्रधानमन्त्री प्रचण्ड गम्भीर तथा घातक रोगका बिरामीबाहेक सबै शिक्षकका काज फिर्ता गर्ने सांसद सुहाङ नेम्वाङले लिए शपथ आज कति छ त् सुनको मुल्य ? देउवाले बोलाए शीर्ष नेताको बैठक झापाको बिर्तामोडमा एक वृद्धा घरभित्रै मृत फेला सलोन बस्नेतलाई पुत्री लाभ सुहाङले आज सांसदको ग्रहण गर्दै कस्तो रहला आजको मौसम ? कुन कुन ठाउमा पर्ला पानी ? आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने पर्वको रुपमा मनाइँदै गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वासको मतको विरुद्ध सर्वोच्चमा रिट संसदमा बोल्न पाउँ भन्दै रवि लामिछानेले दिए निवेदन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन सकियो, कांग्रेसले छोडेन अडान

भारतीय विदेश मन्त्री जयशंकर १९ गते नेपाल आउँदै

  • साझा परिवेश
  • शुक्रबार, पुस १३, २०८० १६:१३
भारतीय विदेश मन्त्री जयशंकर १९ गते नेपाल आउँदै

काठमाडौँ । भारतीय विदेश मन्त्री एस जयशंकर पुस १९ गते नेपाल आउने भएका छन् । उनीसँग भारतीय विदेश सचिव विनय मोहन क्वात्रा, नेपाल डेस्क हेर्ने सहसचिव अनुराग श्रीवास्तव, भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिंदम बागची, विदेश मन्त्रालयअन्तरर्गत सीमा व्यवस्थापन हेर्न अधिकारीहरू पनि आउने भएका हुन् ।

भारतीय वायुसेनाको विशेष विमानबाट उनीहरु १९ गते बिहीबार बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने स्रोतले जनाएको छ ।

विदेशमन्त्री जयशंकारको स्वागतका लागि विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्साल र नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्त जाने बताइएको छ ।त्यही दिन परराष्ट्र मन्त्री एनपी साउदसँग भेटघाट गर्नुको साथै नेपाल भारत संयुक्त आयोगको बैठकमा उनी सहभागी हुनेछन् ।

पुस २० गतेसम्म नेपालमा रहने मन्त्री एस जयशंकरले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका अध्यक्ष केपी शर्मा ओलीलागयतसँग भेटघाट गर्ने कार्यक्रम तय भएको छ । यस्तै उनले अन्य नेता, सांसदलगायतसँग परराष्ट्र मन्त्रालयले आयोजना गर्ने रात्रि भोजमा सामूहिक भेटघाट गर्ने कार्यक्रम तय भएको स्रोतले जनाएको छ ।

मन्त्री जयशंकरको यो भ्रमणको क्रममा भारतले नेपालबाट १० वर्षमा १० हजार मेगावाट बिजुली खरिद गर्ने विषयमा हस्ताक्षर हुने तयारी भइरहेको छ । भैरहवा एयरपोर्टबाट भारतका लागि पनि उडान गर्ने लगायतका विषयमा छलफल हुने बताइएको छ ।

  • साझा परिवेश
  • शुक्रबार, पुस १३, २०८० १६:१३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट