May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

झापामा नेत्रहीनहरुको सहयोगार्थ ‘अँध्यारोमा खानपिन’ कार्यक्रमको आयोजना

  • साझा परिवेश
  • आइतवार, पुस २२, २०८० १३:४0
झापामा नेत्रहीनहरुको सहयोगार्थ ‘अँध्यारोमा खानपिन’ कार्यक्रमको आयोजना

झापा । झापा नेत्रहीन सङ्घले ‘अँध्यारोमा खानपिन’ कार्यक्रमको आयोजना गरेर दृष्टिसम्बन्धी अपाङ्गता भएका विद्यार्थीलाई सहयोग जुटाएको छ । विर्तामोडको सिटीसेन्टरमा शनिबार साँझ भएको कार्यक्रममा सहभागिताका लागि जनप्रतिनिधि, सामाजिक सङ्घसंस्थाका अगुवा र व्यवसायीले रु सात सय शुल्क तिरेर प्रवेश टिकट खरिद गरेका थिए ।

सहभागीलाई अँध्यारोमा राखेर खानपिन गराइएको उक्त कार्यक्रममा कोशी प्रदेश सरकारका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य एकराज कार्कीले आँखामा पट्टी बाँधेर सेतो छडीमा हिँडेर उद्घाटन गरेका थिए । दृष्टिसम्बन्धी अपाङ्गता भएका व्यक्तिले कस्ता समस्या भोगिरहेका हुन्छन् भनेर अनुभूति गराउन एकछिन भए पनि उनलाई सेतो छडीको साहारामा आँखा छोपेर हिँड्न लगाइएको नेपाल नेत्रहीन सङ्घका केन्द्रीय महासचिव शिशिर खनालले बताए ।

उनले देशभरका हजारौँ दृष्टिसम्बन्धी अपाङ्गता भएका व्यक्तिले दया होइन अवसर खोजिरहेको बताए । उच्च शिक्षा र प्राविधिक सीप प्राप्त उनीहरुलाई रोजगारी दिएर क्षमताको प्रयोग गर्ने अवसर प्रदान गर्न स्थानीय सरकारलाई आग्रह गरे ।

कार्यक्रममा भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल, कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेल, हल्दीबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङ्देन, विर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र सङ्ग्रौला, कचनकबल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराई लगायतको उपस्थिति थियो ।

सहभागीहरुले खानपिनका लागि तिरेको शुल्कले दृष्टिसम्बन्धी अपाङ्गता भएका विद्यार्थीको शिक्षाका लागि रेकर्डिङ स्टुडियो सञ्चालनमा खर्च गरिने नेत्रहीन सङ्घका सचिव दिलकुमार राजवंशीले बतए । स्वास्थ्यकर्मी विनोद दाहालले ‘अँध्यारोमा खानपिन’ कार्यक्रम नेपालमा पहिलोपल्ट देख्न पाएको बताए ।

विदेशमा सामाजिक संस्थाले आयोजना गरेको यस्तै कार्यक्रममा सहभागिताको अनुभव रहेको उनले सुनाए । कार्यक्रममा राष्ट्रिय कलाकार रमेश प्रसाईं र डम्बर नेपालीले साङ्गीतिक प्रस्तुति दिएका थिए । दृष्टिसम्बन्धी अपाङ्गता भएका स्थानीय कलाकारले उक्त अवसरमा गीत र मुक्तक सुनाएका थिए ।

  • साझा परिवेश
  • आइतवार, पुस २२, २०८० १३:४0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।