March 31, 2025 | सोमवार, चैत्र १८, २०८१
सुचनाहरु
प्रधानमन्त्रीले आज संसदमा बोल्दैछन् कुलमान घिसिङको बर्खास्तीबारे आज ईद: देशभर सार्वजनिक बिदा तीनकुनेमा तोडफोड र लुटपाट मच्चाउनेहरु नामावली यस्तो छ रोकीयो पाथीभरा क्षेत्रमा केबलकार बनाउने कार्य  रवि लामिछाने फर्कीदैछन् पार्टीको जिम्मेवारीम हिंसा मच्चाएर भागेका दुर्गा प्रसाईले ‘ज्यान जोगाउन मन्दिरमा बसेको छु’ भन्दै बनाए भिडीयो किन परिवर्तन् भयो पूर्व राजाको सुरक्षामा खटिएको सशस्त्र प्रहरीको टोली? अमेरिकाले निकालेका भुटानी शरणार्थी भागेर नेपाल आउदा पक्राउ परे तपाईको आजको दिन कस्तो रहला? हेर्नुहोस् आजको राशिफल दुर्गा प्रसाईं भन्छन्: जहाँ बेलाउँछौ त्यहीँ आउँछु, म थुनिएर आन्दोलन रोकिदैन ‘म रहुँला नरहुँला आन्दोलन नरोकियोस’ भन्दै दुर्गा प्रसाईले गरे यस्तो आग्रह राजावादीहरूको प्रदर्शनमा तनाव, आगो निभाउन आएको दमकलमाथि पनि ढुंगा प्रहार राजावादीको प्रदर्शनमा लुटीयो २ तोलाको सुनको सिक्री झापामा धान खेतको आलीबाट लडेका मेघराजको पानीमा डुबेर मृत्यु आज गणतन्त्रवादी र राजावादीको काठमाडौँमा प्रदर्शन गर्दै, यस्तो छ सुरक्षा व्यवस्था अब लोडसेडिङ नहुने, थप बिजुली दिन तयार भयो भारत मुस्ताङ घुम्न आएकी अमेरिकी महीलालाई अपहरण गरेर फिरौती माग्ने सरिता पक्राउ  कलाकार मदनकृष्ण श्रेष्ठ भन्छन्, ‘एकछिन बत्ती निभ्दा सबैले कुलमानको नाम लिन्छन्’ भोलि दिनभरी बाहीर ननिस्कन विदेशी दूतावासको आग्रह सुपा मन्दिर दर्शन गरी फर्किने क्रममा बस दुर्घटना हुदा चार जनाको मृत्यु

प्रमोद खरेल र रोजिना बस्नेतको नयाँ गीत ‘तिम्रो साथ बिना’ सार्वजनिक

  • साझा परिवेश
  • मङ्लबार, पुस २४, २०८० १२:0७
प्रमोद खरेल र रोजिना बस्नेतको नयाँ गीत ‘तिम्रो साथ बिना’ सार्वजनिक

काठमाडौँ । चर्चित गायक प्रमोद खरेल र नव गायिका रोजिना बस्नेतको स्वर रहेको गीत ‘तिम्रो साथ बिना’ सार्वजनिक भएको छ । ‘द भ्वाइस अफ नेपाल’को टप ११बाट बाहिरिएकी रोजिनालाई गायक पनि खरेलले यो गीत मार्फत गायनमा अवसर दिएका हुन् ।गायिका रोजिना बस्नेत यो प्रतियोगिताबाट बाहिरिए पनि दर्शक तथा स्रोताको मनमा भने बस्न सफल भएकी छिन् ।

‘तिम्रो साथ बिना…’ बोलको उक्त यूगल गीत सोमवार गायक खरेलकै यूट्युब च्यानलबाट सार्वजनिक भएको छ ।अर्जुन पोखरेल यो गीतका गीतकार तथा संगीतकार हुन् । अभिनाश पासवानले यो गीतमा संगीत संयोजन गरेका छन् ।

रोशन विश्वकर्माद्वारा कोरियोग्राफी गरिएको यो गीतको म्युजिक भिडियोलाई अर्जुन तिवारी तथा टिमले निर्देशन गरेको हो । बुद्ध थापाद्वारा छायांकन गरिएको भिडियोलाई मिलन विश्वकर्माले सम्पादन गरेका छन् । दीपा सिटौला यो भिडियोकी निर्मात्री हुन् ।

कबिर १८ घण्टा अगाडि सार्वजनिक गीतले समाचार तयार गर्दासम्म २ लाख ३९  हजार बढी भ्युज पाउँदै युट्युब ट्रेन्डिङको ११ स्थानमा आउन सफल भएको छ ।

अभिन्यास पासवानको एरेन्ज रहेको गीतको भिडियोमा प्रमोद खरेल र रोजिना बस्नेतकै अभिनय छ ।

 

  • साझा परिवेश
  • मङ्लबार, पुस २४, २०८० १२:0७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

छुटाउनुभयो कि?