sweet bonanza
February 27, 2026 | शुक्रबार, फाल्गुन १६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि पुलिस क्लबलाई

  • साझा परिवेश
  • शुक्रबार, पुस २७, २०८० १३:३५
राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि पुलिस क्लबलाई

कर्णाली । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न ३४ औँ राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । सशस्त्र प्रहरी बल (एपिएफ) र पुलिस क्लबलबीच आज भएको फाइनल खेलमा ३–१ (तीन सेट) जितेर पुलिस क्लब उपाधि चुम्न सफल भएको हो ।

खेलको सुरुमा एपिएफले २५–२२ ल्याएर पुलिस क्लबलाई हरायो । दोस्रो, तेस्रो र चौथौँ खेलमा भने पुलिसले लगातार तीन सेट लिन सफल भयो । पुलिसले क्रमशः २५–१९, २५–१८ र २५–२३ अङ्क ल्याएको थियो ।

समूह चरणमा एपिएफसँग हारमा भोगेको पुलिस क्लबले आजको फाइनल खेलमा उपाधि हात पारेको छ । समूह चरणमा पुलिस एपिएफसँग ३–१ को सेटमा पराजित भएको थियो । त्यसैगरी समूह चरणको खेलमा आर्मीसँग ३–० को सोझो सेटमा हार भोगेको गण्डकी प्रदेशले तृतीय स्थानका लागि फाइनलमा आर्मीलाई हराएको छ । आर्मीलाई ३–१ को सेटमा पराजित गर्दै गण्डकीले तेस्रो स्थान हासिल गरेको हो ।

पहिलो सेटमा गण्डकीले २५–२२ को ल्याएर जित्यो । अत्यन्तै रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको दोस्रो खेलमा बराबरीकै अवस्थामा अन्तिम समयमा २६–२४ अङ्क ल्याएर नेपाल आर्मीले जित्यो । तेस्रो खेलमा गण्डकीले २६–२४ र चौथो खेलमा २५–२२ ल्याएर तृतीय स्थान सुनिश्चित गरेको थियो ।

यही पुस २० गतेदेखि सुरु भएको प्रतियोगितामा तीन विभागीय टोलीसँगै सात प्रदेश गरी १० टोलीको सहभागिता थियो । समूह ‘ए’ मा पुलिस, एपिएफ, लुम्बिनी, बागमती र कोशी तथा समूह ‘बी’ मा आर्मी, गण्डकी, कर्णाली, सुदूरपश्चिम र मधेस थिए । खेलमा नेपाल पुलिस क्लबका रविन चन्द सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।

नेपाल भलिबल सङ्घको आयोजना तथा कर्णाली प्रदेश भलिबल सङ्घको व्यवस्थापनमा वीरेन्द्रनगरमा सम्पन्न खेलको समापन कार्यक्रममा सरकारका उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, कर्णाली प्रदेश सरकारका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाही, आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसी, आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंह, सामाजिक विकासमन्त्री खड्गबहादुर पोखरेललगायतको सहभागिता थियो ।

कार्यक्रमको समापन गर्दै नेपाल भलिबल सङ्घका केन्द्रीय अध्यक्ष जीतेन्द्रबहादुर चन्दले नेपालको भलिबल खेलको विकास क्रमिकरुपमा बढ्दै गएको बताए । पर्यटनको सम्भावना बोकेको कर्णालीमा आगामी वर्षमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता सञ्चालनमा सघाउने उजले प्रतिबद्धता व्यक्त गरे । अध्यक्ष चन्दका अनुसार आजमात्र प्रतियोगितामा १५ हजारभन्दा बढी दर्शकहरुले अवलोकन गरेका छन् ।

  • साझा परिवेश
  • शुक्रबार, पुस २७, २०८० १३:३५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid