May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ

कारागारमा बम्जनको दैनिकी : छुट्टै भान्सा, लसुन प्याज नो इन्ट्री

  • साझा परिवेश
  • बिहिबार, माघ ४, २०८० १३:१४
कारागारमा बम्जनको दैनिकी : छुट्टै भान्सा, लसुन प्याज नो इन्ट्री

काठमाडौँ । ‘तपस्वी’ भनेर चिनिएका रामबहादुर बम्जन अहिले पुर्पक्षका लागि कारागार कार्यालय महोत्तरीमा छन् । जिल्ला कारागार सर्लाहीको भवन बनिरहेको हुनाले उनलाई महोत्तरीको जलेश्वर कारागारमा थुनामा राखिएको हो ।

जेलमा बम्जनको छुट्टै भान्सा छ । थुनामा बस्नुपर्ने भएपछि बम्जनले जेल भित्रको ‘आन्तरिक प्रशासन’लाई आफूलाई सहयोग गर्न आग्रह गरेका थिए । उनकै आग्रह अनुसार छुट्टै भान्सा सञ्चालन गर्न अनुमति दिइएको जलेश्वर कारागारका खरिदार रविन चन्द्र ठाकुरले बताए । कारागारका सूचना अधिकारी ठाकुरले भने, ‘एक जना नाइकेले उहाँलाई भान्सामा सहयोग गर्नुहुन्छ ।’

नाइके नरवीर लामाले बम्जनलाई खान बनाएर खुवाउँछन् । बम्जनको भान्सामा लसुन र प्याज लैजान पाइँदैन । खरिदार ठाकुर भन्छन्, ‘उहाँ लसुन र प्याज हालेको तरकारी खानुहुन्न ।’

लसुन र प्याज बाहेक उनी अन्य कैदीले जस्तै दाल र भात खान्छन् । कारागार प्रशासनको अनुमतिमा नाइके नरवीर बम्जनको सहयोगी खटिएका हुन् ।

सर्लाही जिल्ला अदालतले थुनामा राख्न आदेश गरेपछि जेल चलान भएका बम्जनलाई भेट्न सुरुको ४–५ दिन अनुयायीहरूको भिड लागेको थियो । तर, पछिल्लो समय उनले सवैसँग भेट्न इन्कार गरेका छन् । खरिदार रविन चन्द्र ठाकुर भन्छन्, ‘अहिले कसैसँग भेट्नुहुन्न ।’

बम्जन दिनभर टिभी हेरेर बस्छन् । उनी कसैसँग बोल्दैनन् । बम्जन बस्ने कोठामा अरू ४ जना नाइकेहरू बस्छन् ।

  • साझा परिवेश
  • बिहिबार, माघ ४, २०८० १३:१४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।