sweet bonanza
February 14, 2026 | शनिबार, फाल्गुन ३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

कृष्ण सिटौलाको जिल्ला दौड सकिँदै, जित्नेमा ढुक्क

  • साझा परिवेश
  • शुक्रबार, माघ ५, २०८० ११:0२
कृष्ण सिटौलाको जिल्ला दौड सकिँदै, जित्नेमा ढुक्क

काँग्रेस नेता तथा राष्ट्रियसभा सदस्य निर्वाचनका उम्मेद्वार कृष्णप्रसाद सिटौलाले कोशी प्रदेशको जिल्ला दौडाह शुक्रबार समापन गर्दैछन् । आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि गत पुस २३ गते मनोनयन गरेसँगै सिटौलाले कोशी प्रदेशको जिल्ला दौडाह सुरु गरेका थिए ।

उनले हालसम्म झापा, मोरङ, सुनसरी, उदयपुर, इलाम, पाँचथर, धनकुटा, भोजपुर, दिक्क्तेल र ओखलढुङ्गाको कार्यक्रम सकेका छन् । अब बाँकी सोलुखुम्बु रहेको छ । सोलुखुम्बुमा शुक्रबार कार्यक्रम आयोजना गरिएको छ । राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभा सदस्य र पालिकाका प्रमुख÷उपप्रमुख तथा अध्यक्ष÷उपाध्यक्षले मतदान गर्नेछन् । उनीहरुलाई भोट माग्ने र आफ्नो स्थितिको आँकलन गर्न सिटौलाले अभियान संचालन गरेका हुन् ।

‘भोली सोलुखुम्बुमा कार्यक्रम आयोजना गरिएको छ । सोलु बाहेक आजसम्ममा १० वटा कार्यक्रम सकिएको छ,’ काँग्रेस कोशी प्रदेशका सभापति उद्धब थापाले भने, ‘मतभारले गठबन्धन नै अगाडि छ । समस्या हुँदैन । चलखेल भएपनि हामीलाई जितबाट रोक्न कसैले सक्दैन ।’

उनले यो पटक सिटौलालाई जिताउन काँग्रेस एकढिक्का रहेको पनि दाबी गरे । ‘समग्रमा रेस्पोन्स राम्रो छ । काँग्रेसभित्र गुटबन्दी पनि देखिएको छैन । उहाँलाई काँग्रेसले एक ढिक्का भएर सहयोग गर्छ । गठबन्धनका अरु दलमा पनि कुनै समस्या देखिएको छैन,’ थापाले भने ।

सिटौलालाई केही समय अगाडिसम्म काँग्रेस नेता डाक्टर शेखर कोइराला र महामन्त्री विश्वप्रकाश शर्मानिकटकाहरुबाट असहयोग हुने हो कि भन्ने आशङ्का थियो । तर, जिल्ला–जिल्लामा भएको कार्यक्रमबाट उक्त आशङ्का र भ्रम मेटिएको थापाले बताए ।

  • साझा परिवेश
  • शुक्रबार, माघ ५, २०८० ११:0२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid