sweet bonanza
February 24, 2026 | मङ्लबार, फाल्गुन १३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

विवाह गर्ने प्रस्ताव अस्वीकार गर्दा महिलाको हत्या गर्ने एक पक्राउ

  • साझा परिवेश
  • सोमवार, माघ १५, २०८० 0८:५२
विवाह गर्ने प्रस्ताव अस्वीकार गर्दा महिलाको हत्या गर्ने एक पक्राउ

झापा । विवाह गर्ने प्रस्ताव अस्वीकार गरेपछि झापामा एक महिलाको हत्या भएको खुलेको छ । झापा प्रहरीले हत्यामा संलग्न बिर्तामोड नगरपालिका ८ स्थित गरामनी स्थायी घर भई हाल बिर्तामोड ५ मा डेरा गरी बस्दै आएका ४६ वर्षीय चन्द्रप्रसाद प्रसाईँलाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ । प्रसाईँले अर्जुनधारा नगरपालिका ६ बस्ने ५० वर्षीया माया पुलामी मगरको हत्या गरेको इलाका प्रहरी कार्यालय बिर्तामोडमा डीएसपी सुरज कार्कीले बताए ।

अविवाहित प्रसाईँ कामको सिलसिलामा भारतको आसाम डिब्लुगढमा १७ वर्ष काम गरी २०७२ सालमा बिर्तामोड फर्किएका थिए । उनी बिर्तामोड ५ स्थित हर्कलाल मार्गको दिलु मुखियाको निर्माणाधीन घरमा कामको सिलसिलामा अस्थायी रुपमा बस्दै आएका थिए ।

गत माघ ६ गते प्रसाईँको माया र उनको साथी एन राईसँग बिर्तामोडको पश्चिम स्टेण्डमा भेट भएको थियो । त्यसपछि एन राईले प्रसाईँ र मायाबिच शारीरिक सम्बन्ध राख्न सहमति गराएका थिए । प्रसाईँले मायालाई आफ्नै निर्माणाधीन घरको दोस्रो तलामा लगी एक पटक शारीरिक सम्बन्ध राखेका थिए । त्यसको भोलिपल्ट माघ ७ गते मायासँग राति भेट्ने सल्लाह भएको थियो ।

सोही दिन साँझ प्रसाईँले मायालाई खोज्दै उनी बस्ने ठाउँतिर जाँदा अर्जुनधारा ६ पुलचौकमा मायासँग भेटघाट भई गफगाफ गर्दै बीग ब्रदर लेखिएको व्याटमिन्टन खेल्ने हलको ढोका छेउमा बसी थप कुराकानी गरेका थिए । कुराकानीको क्रममा प्रसाईँले मायालाई विवाह गर्ने प्रस्ताव राखे । मायाले त्यसलाई अस्वीकार गर्दै प्रसाईँको दाहिने आँखामा हातले हिर्काइन । आँखामा चोट लागेपछि प्रसाईँले मार्ने नियत राखी सडकमा रहेको ढुङ्गा टिपी मायाको टाउकोमा पटक पटक प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको डीएसपी कार्कीले बताए । प्रसाईँले मायाको हत्या गरी त्यही राखेर फरार भए ।

‘उनले प्रयोग गरेको ढुङ्गा शव रहेको ठाउँबाट उत्तरतर्फको बारीमा फ्याकेको अवस्था भेटिएको थियो,’ डीएसपी कार्कीले भने । घटना भएको पाँच दिनपछि विशेष सूचनाको आधारमा प्रसाईँलाई शनिबार बिर्तामोडबाटै पक्राउ गरी झापा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको उनको भनाई छ ।

  • साझा परिवेश
  • सोमवार, माघ १५, २०८० 0८:५२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid