April 28, 2024 | आइतवार, बैशाख १६, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

नेपालमै पहिलो पटक ‘हाइड्रोजन कार’

  • साझा परिवेश
  • सोमवार, कार्तिक २०, २०८० 0८:0५
नेपालमै पहिलो पटक ‘हाइड्रोजन कार’

काठमाडौँ । काभ्रेपलाञ्चोकको धुलिखेलमा रहेको काठमाडौँ विश्वविद्यालय (केयु) ले नेपालमै पहिलो पटक ‘हाइड्रोजन कार’ भित्र्याएको छ । नेपाल आयल निगमको सहयोगमा केयुले कोरियामा उत्पादन भएको हुन्डाई कम्पनीको उक्त कार नेपाल भित्र्याएको हो ।

काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापाले नेपालको सडकमा कुदाउन सकिन्छ भन्ने नमुना देखाउन हाइड्रोजन कार भित्र्याएको बताए । उहाँले हाइड्रोजनलाई वैकल्पिक इन्धनका रूपमा स्थापित गर्न सरकारले आफ्नो क्षेत्रबाट काम गर्नुपर्ने बताए । विश्वविद्यालयका उपप्राध्यापक तथा विश्वविद्यालयको ग्रिन हाइड्रोजन ल्याबका प्रमुख डा. विराजसिं थापाले विश्वविद्यालयले शनिबार भित्र्याएको हाइड्रोजन कार नेपालको पहिलो हाइड्रोजन कार भएको दाबी गरे ।

“नेपालमा हाइड्रोजनलाई वैकल्पिक इन्धनका रूपमा प्रयोग गर्न सकिन्छ भनेर देखाउन हाइड्रोजन ल्याव, हाइड्रोजनसम्बन्धी नीति, निर्माण कसरी गर्न सकिन्छ भनेर सुझाव दिन तथा नेपालको सडकमा हाइड्रोजनबाट गाडी कुदाउन सकिन्छ भनेर देखाउन दुई वर्षअघि नेपाल आयल निगमसँग सम्झौता भएको थियो । सोही सम्झौता अनुसार हामीले हाइड्रोजन कार भित्र्याएका हौँ,” डा. थापाले भने।

केयुले उक्त हाइड्रोजन कार ४३ लाख ८९ हजार रुपियाँमा खरिद गरिएको हो । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

  • साझा परिवेश
  • सोमवार, कार्तिक २०, २०८० 0८:0५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।