उच्च अदालत पाटनका न्यायाधीश मातृकाप्रसाद मरासिनीको हृदयाघातबाट निधन भएको छ।मंगलबार इजलासमा जाने तयारीमा रहेका उनकाे हृदयघातबाट मृत्यु भएको हाे।
घरमै हृदयाघात भएका उनलाई लगत्तै उपचारका लागि कलंकीको नेशनल अस्पताल लगिएकाेमा चिकित्सकले मृत घोषणा गरेका हुन्। न्यायाधीश मरासिनीको उच्च अदालतकाे ५ नम्बर इजलासमा एकल पेशी तोकिएको थियो।
न्यायाधीशको मृत्युपछि उच्च अदालत पाटनको सबै पेशी स्थगित भएको अदालतले जानकारी दिएको छ।