May 17, 2025 | शनिबार, जेष्ठ ५, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

श्रीमती हत्याको अभियोगमा झापाको दमकबाट बिनोद पक्राउ

  • साझा परिवेश
  • बिहिबार, माघ १८, २०८० १२:२१
श्रीमती हत्याको अभियोगमा झापाको दमकबाट बिनोद पक्राउ

दमक, । श्रीमतीलाई कुटपिट गरि हत्या गरेको अभियोगमा झापा, दमक नगरपालिका वडा न. ७ का ३४ बर्षिय बिनोद राई पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय दमकका अनुसार इलामको माङसेवुङ घर भई हाल दमक -७ सृजना टोलस्थित काजीमान श्रेष्ठको घरमा भाडामा बस्दैआएका राईले आफनी २८ बर्षिया श्रीमती ममिला राईलाई कुटपिट गरि हत्या गरेका हुन् ।

छिमेकीको घरमा जन्मदिनको भोज खाएर गएराति १ वजेतिर घर आएका बेला राई दम्पत्तीवीच झगडा भएको र झगडाका क्रममा विनोदले श्रीमतीमाथि निर्घात कुटपिट गरेको इप्रका दमकका प्रहरी नायव उपरीक्षक मनोजकुमार लामाले बताए । कुटपिटबाट मृत्युभएपछि आज विहान मात्र ७.३० वजे स्थानीयले प्रहरीलाई खबर गरेका र लगत्तै प्रहरीको टोली पुगेर अभियुक्त राईलाई नियन्त्रणमा लिई घटनाका बारे थप अनुसन्धान शुरु गरिएको उनले जानकारी दिए ।

मृतकको अनुहार,टाउकोमा चोट लागेको देखिएको र प्रहरीले शवको मुचुल्का उठाई पोष्टमार्टमका लागि दमक अस्पताल पठाईएको प्रनाउ लामाले बताए ।

  • साझा परिवेश
  • बिहिबार, माघ १८, २०८० १२:२१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट