April 27, 2024 | शनिबार, बैशाख १५, २०८१
सुचनाहरु
नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको पहिलो खेल आज इलाममा प्रमुख दलका उम्मेदवारले गरे मतदान डढेलो तथा आगलागी पीडितलाई राहत दिन ढिलाइ गरिएको छैन: गृहमन्त्री गृहमन्त्रीविरुद्ध सर्वोच्च अदालतमा युवराज सफलले पेस गरेको रिट निवेदन दरपीठ उपनिर्वाचन: मतदानको दिन कस्ता सवारी चलाउन पाइन्छ? क्रोएशियामा राजदूतावास खोल्न माग अढाई वर्षकी बालिकालाई बेचेको आरोपमा एक महिला पक्राउ टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज ए टिम ( तस्विरसहित ) सरकारी जग्गा व्यक्तिको नाममा गर्नेविरुद्ध आरोपपत्र दायर कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक छिट्टै काँग्रेस–एमालेको सरकार बन्नुपर्छ : सुनिल शर्मा तान्जानियामा बाढीका कारण १ सय ५५ जनाको ज्यान गयो उपनिर्वाचनका लागि मतदान केन्द्रको व्यवस्थापन धमाधम काठमाडौंको न्युरोडबाट १ केजी ७६८.२५ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार नगदसहित ७ जना पक्राउ इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि सुरक्षा तयारी पूरा प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट काठमाडौंको रेन्बो कलेजबाट कक्षा १२ परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ सुनचाँदीको मूल्य बढ्यो फेरि बढ्याे काठमाडौँकाे वायु प्रदूषण आईपीएल : आज कोलकोता र पञ्जाव खेल्दै

भारतीय अभिनेत्री पुनम पाण्डेको निधन

  • साझा परिवेश
  • शुक्रबार, माघ १९, २०८० १३:२५
भारतीय अभिनेत्री पुनम पाण्डेको निधन

नयाँ दिल्ली । भारतीय अभिनेत्री तथा मोडल पुनम पाण्डेको ३२ वर्षको उमेरमै निधन भएको छ । शुक्रबार बिहान उनको सामाजिक संजालमार्फत निधनको खबर सार्वजनिक भएको हो । उक्त पोस्टमा पुनमको मृत्यु भएको लेखिएको छ । पाठेघरको मुखको क्यान्सरबाट उनको मृत्यु भएको जनाइएको छ । भारतीय संचारमाध्यमले ३२ वर्षको उमेरमै उनको निधन भएको बताएका छन् ।

पूनम पान्डेको आधिकारिक इन्ष्टाग्राम पेजमा उनले टिमले आधिकारिक बयान जारी गरेको छ । फेब्रुअरी १ को राति उनको मृत्यु भएको बताइएको छ । पाण्डेको अन्तिम संस्कारसम्बन्धी विवरणहरू आइसकेका छैनन् । पुनमले सन् २०१३ मा नशा फिल्मबाट बलिउडमा डेब्यू गरेकी थिइन् । पुनम भारतकी नाम चलेकी मोडल हुन् ।

सन् २०११ मा क्रिकेट विश्व कप फाइनल अघि भारतले फाइनल खेल जित्यो भने सारा कपडा उतारिदिन्छु भन्ने एउटा भिडियोका कारण उनी चर्चामा आएकी थिइन् । अन्तिम पटक पुनम बलिउड अभिनेत्री कंगना रनौतले होस्ट गरेको रियालिटी शो लक अपको पहिलो सिजनमा देखिएकी थिइन् । तर उक्त शो पुनमले जित्न सकिनन् । पाण्डेले आफ्नो अन्तिम भिडियो २९ जनवरीमा शेयर गरेकी थिइन्

  • साझा परिवेश
  • शुक्रबार, माघ १९, २०८० १३:२५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट