May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

क्यान्सर रोग लाग्यो भने मान्छेको जीवन समाप्त हुने होइन रहेछ

  • साझा परिवेश
  • मङ्लबार, माघ २३, २०८० १४:१८
क्यान्सर रोग लाग्यो भने मान्छेको जीवन समाप्त हुने होइन रहेछ

घनश्याम गौतम ( नक्कली प्रचण्ड )

भक्तपुर : बिश्वमा अहिले क्यान्सर सँग लड्नेहरुकाे सँख्या बढिरहेकाे छ! नेपालमा मात्र हैन सँसारभरीनै सर्ने राेग भन्दा नसर्ने राेग बाट धेरै मान्छेकाे मृत्यु हुने गरेकाे छ ! क्यानसरलाई नेपालीमा अबुर्द राेग पनि भनिन्छ!

जब मलाई पहिलाे पटक क्यान्सर भएकाे थाहा भयाे त्यति बेला एकछिन याे सँसार टक्क राेकिए जस्ताे लाग्याे आँाखामा कुनै दृश्य देखिन श्वास राेकिए जस्ताे भयाे म केही बेर शून्य भएँ अब जिन्दगी नै सकिए जस्ताे कता कता सबै कुरा सकिए जस्ताे तर जब उपचारकाे क्रममा आफूलाई बुझाउदै सम्हाल्दै लगेँ क्यान्सर सँग लड्दै गरेका तमाम मानिसहरुकाे बाच्ने चाहा र निकाे हुने अभिलाषाहरु देखे अनि म भित्र पनि बाच्ने हिम्मत र बिश्वास बढेर अायाे! क्यान्सर हुदैमा मान्छेकाे जीवन समाप्त हुने हाेइन रहेछ ! माया, हाैसला र आत्माबल दराे बनाए जस्ताे सुकै राेगलाई पनि जित्न सकिन्छ भन्ने थाहा पाए पछि! मैले पनि क्यान्सर सँगकाे याे लडाईँ जित्नु पर्छ भन्ने बिश्वास बढ्याे!

पेशाले कलाकारिता सँग सँगै म नाटक प्रशिक्षण दिने काम गर्थे र सडक नाटक प्रशिक्षणकाे शिलशिलामा वल्ड भिजन ईन्टरनेशनल, सि आर एस नेपाल , अक्सफार्म लगायतका एन जि आाे र आई एन जि आाे काे परियाेजनाहरुमा तालिम सन्चालन गरिरहेकाे बेला मेराे स्वास्थ्यमा केही समस्या सुरु भयाे! सुरु सुरु मा डायरिया हुने रगत देखा पर्ने र बिस्तारै बारम्बार दिशा लाग्ने समस्या भएपछि डक्टरकाे सल्लाह अनुसार के एम सी अस्पताल सिनामँगलमा काेलाेनाेस्काेपी काे जाँच गराएर रिपाेर्ट अाएपछि मलाई क्यान्सर भएकाे थाहा भयाे! पेटकाे ठुलाे आन्द्रा मा ट्युमरका कारणले क्यान्सर भएकाे थाहा पाएपछि साउन १२ गते भक्तपुर क्यान्सर अस्पताल भर्ना भए ! र किमाे चढाउन सुरु गरियाे किमाे दिँदा धेरै पीडा हुन्छ पीडा सहन नसकेर मान्छेकाे मृत्यु पनि हुन सक्छ भन्ने सुनेकाे थिए त्यसले गर्दा सुरुमा म निक्कै डराएकाे थिएँ म डराउँछु भनेर मेरी श्रीमतीले मलाई नभनी झुक्याएर किमाे चढाउन लगाईछिन पछि थाहा भयाे किमाे त चढाई सकेकाे रहेछ तर मलाई केही भएन केही गाराे अप्ठ्याराे भएन पहिला सुनेकाे कुरा सबै भ्रम रहेछ! पहिलाे पटक किमाे चढाउदा सात दिन अस्पताल बस्नु पर्याे ! अस्पतालमा मलाई माया गर्ने कलाकार, आाफन्त साथीभाईहरुकाे घुईचाे लाग्याे सबैकाे माया र शुभेच्छाले मेराे आात्माबिश्वास बढ्दै गयाे!

 

कलाकार सँघ, विभिन्न सँघ सँस्था ,पत्रकार, साथीभाई लगायत सबै बाट माया र सहयाेग पाएँ करिब १ महिनामा तीन साईकल किमाे चढाएपछि रेडिएशन थेरापी गरियाे जस्लाई सेक्ने पनि भनिन्छ मेशिनकाे बिकिरण बाट सेकाई गरिन्छ डेढ महिनाकाे रेडिएशन सकिएपछि केही समय निकै कमजाेर महसुस भयाे र पटक्कै खान मन लागेन किमाे काे समय र रेडिएशन काे समयमा खाना हेर्नै मन नलाग्ने रहेछ! त्यति बेला निकै कमजाेर महसुस भयाे तर मलाई याे लडाई जित्नु थियाे मैले हिम्मत हारिन खान मन नलागे पनि जबर्जस्ती खान थालेँ कहिले काहीँ मनमा नराम्रा कुरा हरु आउँथे तर मनलाई सम्झाउदै बुझाउदै मन दराे बनाउन थालेँ ! सबैकाे माया र आाशिर्वादले अझ हाैसला बढ्दै गयाे! र अप्रेशन गर्ने बेलामा चाहिँ डराउदिन भन्दा पनि डर लाग्दाे रहेछ! अप्रेशन थियटरमा छिर्ने बेलामा थुप्रै साथीभाई, आाफन्त र शुभचिन्तकहरुकाे भिड थियाे नअात्तिनुस केही हुदैन हामी छाैँ भने पछि म ढुक्क भएँ मुटु बलियाे बनाएर अप्रेशन थिएटर भित्र लगियाे! केही समयमा आई सि यु भित्र लगियाे र म बाँचेछु भन्ने आभाष भयाे!

साेचे जीबनमा एक पटक त मर्नै पर्छ तर कहाँ कसरी मरिन्छ थाहा हुदैन हाेला! मृत्य अन्तिम सत्य हाे भन्ने बुझेपछि मलाई मृत्यु सँग त्यति डर छैन तर यत्ति थाहा छ मैले अझै केही गर्नु पर्छ मेरा अधुरा कामहरु बाकीछन अनि मैले देखेकाे सुनाैलाे सपनाले मलाई बाेलाई रहेकाे छ मलाई पर्खिरहेकाे छ यति सजिलै मृत्युले मेराे सपनालाई खाेस्न सक्दैन भन्ने कुरामा म दृढ भए! बास्तबमा श्रीमान श्रीमती एक रथका दुई पाङ्रा भन्ने कुरा मलाई यति बेला थाहा भयाे जतिबेला मेराे जीवन सँगिनिले हरेक भन्दा हरेक अप्ठ्याराे समयमा साथ दिइन र मेराे हाैसला घट्न दिइनन् त्याे हिम्मत र साहस नै मेराे आत्मबिश्वासकाे आधार बन्याे!

र मेराे उपचारका लागि चिन्ता लिने र अहाेरात्र खट्ने मलाई असाध्यै माया गर्ने तपाईँहरु सधै मेराे मन मुटुमा रहनु भएकाे छ! मैले नाम लिइरहनु पर्दैन तपाईँहरुलाई थाहा छ ! अहिले म क्यानसरकाे अप्रेशन पछिकाे पहिलाे किमाे दिएर बसेकाे छु र डक्टरहरुकाे अनुसार मेराे स्वास्थ्यमा राम्राे सुधार भैरहेकाे छ भक्तपुर क्यान्सर अस्पतालका डाक्टर राेशन प्रजापति किमाे स्पेशलिस्ट हुनुन्छ वहाँले मलाई राम्राे केयर गरिरहनु भएकाे छ ! र सर्जन बिशेषज्ञ डा. दिप लामिछानेले मेराे सफल अप्रेशन गर्नु भएकाे हाे र डा श्वेता बरालले रेडिएशन थेरापी हेर्नू भएकाे हाे! मेराे उपचारमा सँलग्न भक्तपुर क्यान्सर अस्पतालका सम्पुर्ण डक्टर, नर्स तथा कर्मचारीहरुलाई हृदयदेखी धन्यवाद दिन चाहान्छु!!


क्यान्सर हुदैमा जीवन समाप्त हुदैन ! बेलैमा उपचार गरे सबैकाे माया हाैसला पाए र नियमित आैषधि सेवन गरे क्यान्सर निकाे हुन्छ ! सबै भन्दा ठुलाे उपचार मनाेबलनै हाे! अझ भनाै क्यान्सर राेगकाे आधा उपचार त उच्च मनाेबल र आत्बिश्वास नै हाे!
क्यान्सर सँग नडराउँ ! बेलैमा राेग पहिचान गराैँ क्यान्सर राेगकाे उपचार नेपालमै सम्भव छ!!

( लेखक घनश्याम गौतम हाल भक्तपुर क्यान्सर अस्पतालमा उपचाररत छन । )

  • साझा परिवेश
  • मङ्लबार, माघ २३, २०८० १४:१८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।