May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत अहिले विश्वासको मत लिनुपर्ने अवस्था होईन : मुख्यमन्त्री कार्की नेपाल वेस्ट इन्डिज ए सँग ७६ रनले पराजित नबिल बैंकमा चोरी गरेको आराेपमा ४ जना पक्राउ भाजपाको चुनावी अभियानमा अवलोकन गर्न नेपालबाट को को जादैछन् ? जोनसनको शतकमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २२८ रनको लक्ष्य नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि आज इङ्ग्ल्यान्ड जाँदै काठमाण्डौमा आजदेखि सीप मेला बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह नेपाली टोलीको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्ने आज सेयर बजार सँगै बैंक–वित्तीय संस्था पनि बन्द आज १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवस घट्यो सुनको मूल्य अफगानिस्तानको टी–२० विश्वकप खेल्ने टोलीको घोषणा टी–२० विश्वकपका लागि मिचेल मार्सको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा डिजेल र मट्टीतेलको मूल्य घट्यो ; पेट्रोलको यथावत कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको तेस्रो खेल आज

टेकु दोभान क्षेत्रका १३ सम्पदाको पुनर्निर्माण

  • साझा परिवेश
  • शुक्रबार, माघ २६, २०८० 0९:३१
टेकु दोभान क्षेत्रका १३ सम्पदाको पुनर्निर्माण

भूकम्पले क्षतिग्रस्त बनाएका काठमाडौंको थापाथली—टेकु दोभान क्षेत्रमा नदी किनारमा रहेका १३ वटा सम्पदाको पुननिर्माण भएको छ । एसियन बैंकको ऋण सहायतामा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले नदी सुधार परियोजनाअन्तर्गत भूकम्पले क्षतिग्रस्त सम्पदाहरूको पुनर्निर्माण गरेको हो ।

परियोजनाले तीन चरणमा पुनःनिर्माण, सबलीकरण र रेक्ट्रोफिटिङको काम गरेको छ । सो कार्यमा लागत रकमको ५० प्रतिशत एसियन विकास बैंकको ऋण सहयोग हो भने बाँकी ५० प्रतिशत सरकारले बेहोरेको छ ।

परियोजनाअन्तर्गत पुननिर्माण भएका ११ वटा संरचना गुठी संस्थानलाई हस्तान्तरण समेत गरिसकिएको छ । दोश्रो चरणका सम्पदा संरक्षणका विषयमा बिहीबार काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलसमेतको उपस्थितिमा बैठकमा छलफल भएको छ । उनले महानगरपालिकाले सम्पत्ति र दायित्वको जिम्मेवारी लिने बताइन् ।
‘हस्तान्तरण भएर सम्पत्ति मात्र आउँदैन । ऋणलगायतका दायित्व पनि आउँछन् । त्यसैले निर्णय हुनुअघि सबै विषय स्पष्ट हुनुपर्छ, उनले भनिन् । परियोजनाले पहिलो चरणमा ३८ करोड ८२ लाख रुपैयाँ लागतमा सम्पदा पुनर्निर्माण गरेको थियो भने अहिले दोस्रो चरणमा ४८ करोड ६४ लाख रुपैयाँमा १३ वटा सम्पदा पुनर्निर्माण गरेको छ । अब ४५ करोड १३ लाख १२ हजार २८५ रुपैयाँ लागतमा काम भइरहेको छ ।

  • साझा परिवेश
  • शुक्रबार, माघ २६, २०८० 0९:३१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।