April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

आइसीसी लिग–२ : नेपाल नामिबियासँग ४ विकेटले पराजित

  • साझा परिवेश
  • बिहिबार, फाल्गुन ३, २०८० १५:४५
आइसीसी लिग–२ : नेपाल नामिबियासँग ४ विकेटले पराजित

आइसीसी लिग–२ अन्त्रगत भएको नेपाल र नामिबियाबीचको पहिलो खेलमा नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको छ। बिहिबार त्रिवी क्रिकेट मैदानामा भएको खेलमा नेपाललाई पराजित गर्दै नामिबियले विजयी सुरुआत गरेको छ।

जितको लागि १३३ रनको लक्ष्य पाएको नामिबियाले ३३.१ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो।

नामिबियाको लागि जान फ्रिलिंकले सर्वाधिक ३४ रन बनाएर पेभिलियन फर्किए। नामिबियका ओपनर निकोलस डाभीन १५ रन बनाएर आउट भए। उनले १६ बलमा २ चौका प्रहार गरे। निकोलस ललितको बलका कुशल भुर्तेलबाट क्याच आउट भएका थिए।

नामिबियाले दोस्रो विकेटको रुपमा माइकल भान लिंगेनलाई गुमायो। उनलाई पनि नेपालका ललितले आउट गरे। माइकल ३३ बलमा २३ रन बनाएर पेभिलियन फर्किए। उनले ३३ बलमा ३ चौका प्रहार गरे।

नामिबियाका कप्तान जेरार्ड एरास्मस ८, जेन ग्रिन २, लोफ्टि इटन ३१ रन बनाएर आउट भए।

नेपालको लागि सोमपाल कामिले सर्वाधिक ३ विकेट लिए। ललित राजवशिले २ विकेट लिदा कप्तान रोहित पौडेलले १ विकेट लिए।

त्यसअघि टस् हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४१ ओभरमा सबै विकेट गुमाएर १३२ रन बनाएको थियो। नेपालको लागि भिम सार्कीले सर्वाधिक ४४ रन बनाएर आउट भए। भिमले ८६ बलमा दुई चौका र एक छक्का प्रहार गरे।

नेपालका ओपनर कुशल भुर्तेल पहिलो बलमै शून्य रन बनाएर आउट भएका थिए। अनिल साह ८ रन अशिफ शेख ४ बनाएर आउट हुँदा कप्तान रोहित कुमार पौडेल १ रनमै पेभिलियन फर्किएका थिए।

यस्तै नेपालका कुशल मल्ल १५, सोमपाल कामी २, गुलश झ २१,पवन सराफ्फ १२, करण केसि १६ रन बनाएर आउट हुँदा ललित राजवंशी शुन्य रन बनाउँदै नटआउट रहेका थिएम

नामिबियाको लागि कप्तान जेरार्ड एरास्मसले सवाधिक ५ विकेट लिदा रुबेन ट्रम्पलम्यान र ज्याक ब्रेसल समान २–२ विकेट लिए। नामिबियका लोफ्टि इटनले १ विकेट लिए।

नेपालले अब शनिबार नेदरल्यान्डस्सँग खेल्दै छ।

  • साझा परिवेश
  • बिहिबार, फाल्गुन ३, २०८० १५:४५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।