April 18, 2024 | बिहिबार, बैशाख ६, २०८१
सुचनाहरु
आईपीएल : गुजरातमाथि दिल्ली क्यापिटल्सको सानदार जित कस्तो रहला आजको मौसम ? झापामा भेटिएको मृत हात्तिलाइ गोली हानेर हत्या गरेको पुष्टि एक लाख २० हजार घुससहित अधिकृत पक्राउ आइसीसीको टी- २० वरियतामा दिपेन्द्रको छलाङ चार खेल जित्दै नेपाल सेमिफाइनलमा नयाँ कृषि सहकारीका आरोपीहरुविरुद्ध मुद्दा नचल्ने निर्णय साउदी अरेबियाले नेपाललाई दियो ७४ रनको लक्ष्य निर्वाचन आचारसंहिता पालन नगरे तत्काल कारबाही गर्ने आयोगको चेतावनी गायिका एलिना चौहानले गरिन् विवाह देशभर आज मौसम सफा रहने मैदान ओसिलो भएका कारण नेपाल र साउदी अरेबियाबीचको खेल शुरु हुन ढिलाइ इलाम र बझाङका लागि आयोगले पठायो मतपत्र अखिल नेपाल फुटबल संघका उपाध्यक्ष दावा लामा पक्राउ १ लाख ५० हजार घुसले पोखरा महानगरका इन्जिनियर पक्राउ मुख्यमन्त्री अधिकारीले भेटे प्रधानमन्त्री आज सुनको मूल्य स्थिर महावीर पुनले आफ्नै आत्मकथा बेचेर पाँच करोड आम्दानी ‘होस्टेल–३’ निर्माण गर्ने घोषणा आईपीएल : आज गुजरात र दिल्ली भिड्दै

साना तथा मझौला उद्योगको विकास, विस्तारको लागी सरकार प्रतिवद्ध छ : मन्त्री रिजाल

  • साझा परिवेश
  • बुधबार, जेष्ठ २४, २०८० १६:३५
साना तथा मझौला उद्योगको विकास, विस्तारको लागी सरकार प्रतिवद्ध छ : मन्त्री रिजाल

काठमाडौं ।।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले साना तथा मझौला व्यवसायीको विकास, विस्तार र प्रवद्र्धनका लागि नीतिगत सुधारसहित अन्तर्राष्ट्रिय बजारको पहुँच स्थापना गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् । साना तथा मझौला व्यवसायी महासंघ नेपालको २० औं स्थापना दिवसको अवसरमा बुधवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री रिजालले आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि साना तथा मझौला उद्योगको विकास, विस्तार र प्रवद्र्धन गरिनुपपर्नेमा सरकार दृढ रहेको बताए ।

उनले व्यवसायको विकासका लागि आवश्यक नीतिगत सुधारसहित स्वदेशी बजार विस्तारको साथै अन्तर्राष्ट्रिय बजारको पहुँच स्थापित गराउनेतर्फ सरकारले आवश्यक पहल गर्ने बताए । उनले साना तथा मझौला उद्योगको विकास तथा विस्तारले स्थानीय स्तरदेखि नै आर्थिक विकास तथा रोजगारीका अवसरहरू प्रदान गरी मुलुकलाई आर्थिक सम्मुनतिको बाटोमा अगाडि बढाउने भएको र यस्ता व्यवसायलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

उनले ‘एक घर एक व्यवसाय’को सिद्धान्तलाई मुल नारा बनाएर सामान्य नागरिकलाई पनि उत्पादन तथा सेवामा उत्प्रेरित गरेकोमा महासंघको कार्यप्रति सराहना पनि गरे । कार्यक्रममा व्यवसायीहरुले साना तथा मझौला व्यवसायीद्वारा उत्पादित सामग्री बिक्रीका लागि छुट्टै औद्योगिक ग्रामको व्यवस्था गर्न माग गरेका थिए ।

  • साझा परिवेश
  • बुधबार, जेष्ठ २४, २०८० १६:३५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।