sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

गाँजा र कोदोको रक्सी खुला गर्ने नीति बनाउन सांसद चन्द्र भण्डारीको माग

  • साझा परिवेश
  • बिहिबार, फाल्गुन १०, २०८० १३:३७
गाँजा र कोदोको रक्सी खुला गर्ने नीति बनाउन सांसद चन्द्र भण्डारीको माग

काठमाडौँ । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले देशको आर्थिक अवस्था उकास्नलाई स्वदेशी उत्पादनलाई स्वदेशमा खपत हुने व्यवस्था गर्न माग गरेका छन् । बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले नेपालभित्रका सामग्री उपभोगको राष्ट्रिय नीति बनाउन माग गरे ।

उनले ७० वर्ष पुगेका सालका रुख काट्ने व्यवस्था गर्दा देशले अरबौँ रुपैयाँ आम्दानी गर्ने उल्लेख गरे । सङ्घ, प्रदेश र स्थानीय तहका कर्मचारीलाई कपडा खरिद गर्न वार्षिक पौने ६ अरब खर्च हुने गरेको बताउँदै त्यसमा नेपाली अल्लोको कपडा, अल्लोको कोट लगाऊ भनेर नीति मात्रै बनाइदिने हो भने सो रकम बच्ने बताए ।

उनले भने– ‘मदिरा पान गर्दिन भन्ने कोही छैन, हरेक टोल टोलमा विदेशी मदिरा बढेको छ । हाम्रो गाउँमा कोदो हुन्छ, फापर हुन्छ, हाम्रो स्थानीय तहलाई ट्रेडमार्क दिएर कोदाको रक्सी बनाउन दियो भने २ अरबभन्दा बढी नेपाली पैसा बच्दो रहेछ । जसले किसानले रोजगारी पाउँथे, यो कुरामा हामी किन छैनौँ ? किन यसको बारेमा छलफल हुँदैन ?’

सांसद भण्डारीले दक्षिण कोरियाका राष्ट्रपति पार्कले आफ्नो देशका २० हजार नर्सहरूलाई जर्मन पठाएर उनीहरूको तलबलाई सरकारले ऋणको रूपमा लिएर सो देशको विकास सुरु गरेको भण्डारीले बताए । अहिले नेपालमा नर्स पढ्ने कलेजहरू बन्द गरिदिएको अवस्था रहेको बताउँदै यो देशमा डाक्टर बन्न नदिने अवस्था रहेको उल्लेख गरे ।

उनले भने– ‘यदि हामीले डाक्टर, इन्जिनियर पढाएर विदेश पठाएर उनीहरूबाट ऋण लिएर यो मुलुक बनाउन सक्थ्यौँ । यसरी मुलुक बनाउने सोच हामीसँग छैन । आज देशमा युवाहरू छैनन् भन्छौँ, आज देशमा युवाहरू बस्न नसक्ने वातावरण कसले बनायो त ? हाम्रा नीतिहरूले बनाए । हामीले समय अनुसारका नीति बनाउन सकेनौँ ।’

उनले यस्ता विषयमा सबै गम्भीर हुन आवश्यक रहेको बताउँदै आजको दिनमा गाँजा खेती रोक्न आवश्यक नभएको बताए । कानुन बनाएर गाँजाको खेती गर्न दिन आग्रह गर्दै अमेरिकाको न्यूयोर्क सिटीको मेयरले गाँजा खान दिइरहेको बताए । विदेशबाट प्लेनमा पैसा ल्याउन रोक लगाउने नीति पनि ठिक नभएको उल्लेख गरे ।

  • साझा परिवेश
  • बिहिबार, फाल्गुन १०, २०८० १३:३७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid