April 25, 2024 | बिहिबार, बैशाख १३, २०८१
सुचनाहरु
कतार पठाउने भनिएको हात्ती चितवन निकुञ्जमै, ट्रकमा राखिएको भिडियो झुटो तराईका विभिन्न जिल्लामा तापक्रम ४० डिग्रीभन्दा माथि नै दलीय आबद्धता भएका शिक्षकहरूलाई कारबाही गर्न मन्त्रालयले माग्यो निर्वाचन आयोगसँग दलका कार्यसमितिको विवरण वेस्ट इन्डिज ‘ए’ विरुद्ध खेल्ने नेपाली टिमको घोषणा सुनचाँदीको मूल्य घट्यो भोलीदेखि सुरुहुने कक्षा १२ को परिक्षामा झण्डै ५ लाख परिक्षार्थी आईपीएलमा आज सनराइजर्स र रोयल च्यालेन्जर्स बैंगलुरु खेल्दै कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिने स्पेनमा प्रधानमन्त्री पत्नीलाई भ्रष्टाचारको आरोप परालको कुन्युबाट सल्किएको आगोले महोत्तरीमा १०० बढी घर ध्वस्त अमेरिकामा प्रतिबन्ध हुन सक्ने कानुनविरुद्ध टिकटक अदालत जाने आइपिएल : गुजरातलाइ दिल्लीले जित्यो कस्तो रहला आजको मौसम ? उपनिर्वाचन : आजबाट प्रचारप्रसार निषेध सामान्य अंकले बढ्यो नेप्से नेपाललाई ‘आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयर’ अवार्ड ‘लू’बाट बच्न स्वास्थ्य मन्त्रालयकाे आग्रह नेपाल कतार संयुक्त वाणिज्य परिषदको स्थापना फेवातालमा डुंगा दुर्घटनामा परेका पाँच जनाको सकुशल उद्धार कतारका राजा स्वदेश फिर्ता

सागसब्जी ताजा पाउन गाह्रो, बजार महङ्गो

  • साझा परिवेश
  • शुक्रबार, अशोज २८, २०७९ ११:0४
सागसब्जी ताजा पाउन गाह्रो, बजार महङ्गो

झापा । बडादसैँ भन्ने बित्तिकै खानेकुरामा मासु नै विशेष मान्ने गरिन्छ । तर मासु नखाने शाकाहारीले कसरी दसैँ मनाउँछन् भन्ने आम मानिसको चासोको विषय हुने गरेको छ ।

नेपालीको महान् पर्व बडादसैँमा मांसाहारीले मासु खाएजस्तै शाकाहारीले पनि अन्य मीठा परिकार खाने गर्छन् । पनिर, च्याउका विभिन्न प्रजाति, फलफूल, गुँदपाकजस्ता परिकार खाएर शाकाहारीले दसैँ मनाउँछन् । बजारमा भने शाकाहारीका लागि यी सामग्री पाउन नै मुस्किल हुने र पाए पनि ताजा नपाउने गरेको उपभोक्ताको गुनासो छ ।

बागबजारस्थित तरकारी बजारमा शाकाहारी दसैँको सामान लिन आउनुभएकी डिल्लीबजारकी रमा सत्याल दसैँका समयमा च्याउ, काउलीजस्ता तरकारी ताजा नपाउने गरेको अनुभव सुनाउनुहुन्छ । खसीबजारसँगैको यो तरकारी बजारमा दुई चार दिनअघि नै ल्याएका तरकारी पाइएको उहाँले सुनाउनुभयो । बजारमा काउली कालो कालोमात्र भेटिएको छ ।

विगत १० वर्षदेखि यहाँ तरकारी व्यवसाय गरी आउनुभएका काभे्रपलाञ्चोक जिल्लाका मङ्गलबहादुर तामाङ अन्य समयको तुलनामा दसैँमा तरकारी किन्न कम मानिस आउने भएकाले पनि ताजा तरकारी ल्याउन नसकिएको स्वीकार गर्नुहुन्छ । यो समयमा कालिमाटी, बल्खुजस्ता थोक तरकारी बिक्रीस्थलमै ताजा तरकारी नपाइने गरेको पनि उहाँले बताउनुभयो ।

दसैँमा सबैले मासु खान्छन् तरकारी किन्न आउँदैनन् भनेर ताजा तरकारी नआएको हुनसक्ने असनको तरकारी बजारमा भेटिनुभएका दुर्गादत्त पन्तले बताउनुभयो । मांसाहारीका सङ्ख्या धेरै भए पनि शाकाहारीले तरकारी पनि माग गर्छन् भन्नेमा ध्यान जान नसकेको उहाँले अनुभव सुनाउनुभयो । दसैँका बेला कालीमाटीकै तरकारी बजार पनि सुनसान हुने गरेको छ ।

बाहिरबाट तरकारी बिक्री गर्नेहरु पनि दसैँ मान्न व्यस्त हुने भएकाले समेत यो बेला ताजा तरकारी नपाइएको उपभोक्ता बताउँछन् । तरकारी व्यवसायी यो बेला कमैले मात्र पसल खोलेका हुन्छन् । धेरै जना भने दसैँ मनाउनमै व्यस्त हुने गरेका छन् । बजारमा खसी, बोकाको अनुगमन भए पनि यो बेला तरकारी बजारको भने अनुगमन नगरिँदा पनि तरकारीको भाउ बढ्ने गरेको छ ।

मासुको भाउ खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले तोकेको छ । जिउँदो खसीको मूल्य प्रतिकिलो रु सात सय ३० तोेकेकाले त्यही हाराहारीमा बजारमा बिक्री भएको छ । तर तरकारीको भने कालिमाटी बजारले पनि दसैँमा बजारलाई आफूखुसी छोडेको हो कि भन्ने उपभोक्ताको गुनासो छ ।

बजारमा पनिरको भाउ पनि विगतका दसैँमा भन्दा बढेको उपभोक्ताको भनाइ छ । गत वर्ष दसैँमा रुसात सय ५० कममै प्रतिकिलोग्राम पनिर पाएका उपभोक्ताले यस वर्ष भने गत वर्ष भन्दा रु एक सय ५० सम्म बढी तिरेको सुनाए । यो वर्ष बजारमा पनिरको भाउ रु आठ सय ५० देखि रु नौ सयसम्म छ । च्याउको प्रजातिको मूल्य पनि बढेको छ ।

मिठाइको भाउ पनि विगत वर्षको भन्दा बढेको छ । बजारमा ताजा मिठाइ पनि दसैँमा पाउन नसकिएको चावहिलका स्थानीयवासी राजेन्द्र नेपाल बताउनुहुन्छ । दसैँमा शाकाहारीले बजारबाट मिठाइ किनेर ल्याउँदा ताजा पाउन नसकिएको उहाँले सुनाउनुभयो । बजार व्यवस्थापन एवं अनुगमनमा स्थानीय सरकारको ध्यान नजाँदा उपभोक्ता यस्तो मर्का सहन बाध्य हुनुपरेको हो ।

  • साझा परिवेश
  • शुक्रबार, अशोज २८, २०७९ ११:0४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट